default_image

1 year ago

August 25, 2023

नेपालले उपाधिको लागि हङकङसँग खेल्ने

1226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल हङकङसँग खेल्ने भएको छ । नेपाल र हङकङबीचको फाइनल शनिबार हुनेछ ।

नेपाल अन्तिम खेलमा मलेसियासँग ६ विकेटले पराजित भएपनि नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।

हङकङले मलेसियालाई नेटरनरेटले पछिपार्दै दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा रह्यो । नेपालको नेटरनरेट ०.८५३ रह्यो । नेपालले कुवेतलाई ३४ रन र हङकङलाई ६ विकेटले हराएको थियो ।

हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । हङकङको नेटरनरेट ०.१९२ रह्यो । हङकङले कुवेतलाई १६ रन र मलेसियालाई १० विकेटले हराएको थियो ।

मलेसिया ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक नै भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा रहेर फाइनल खेल्न सकेन । मलेसियाको नेटरनरेट ०.००७ रह्यो । कुवेत भने ३ खेलमा तीनै मा हारका साथ अंक बिहीन हुँदै पुछारमा रहेर बाहिरियो । तेस्रो स्थानको लागि शनिबार मलेसिया र कवेतबीच प्रतिस्पर्धा हुनेछ ।

आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि तयारीको लागि यी चार देशले सिरिज खेलेका हुन् । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.