1 year ago
August 25, 2023
एजेन्सी – चार देश सम्मिलित महिला टि२० आई सिरिजमा नेपाल र घरेलु टोली मलेसियाबीचको खेल वर्षाको कारण रोकिएको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४.४ ओभरमा १ विकेट गुमाउँदै २३ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ ।
नेपालकी ओपनर काजल श्रेष्ठ १५ बलमा १ चौकासहित १५ रनमा नटआउट छिन् । उनलाई इन्दु बर्माले ९ बलमा ७ रन बनाउँदै साथ दिएकी छिन् । ओपनर पुजा महतो भने पहिलो ओभरको पाँचौं बलमा ऐना हामिजाह हासिमको बलमा एक रनमा एलबीडब्लू आउट भइन् ।
नेपालले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य टोलीमा फर्किदा ईश्वरी विष्ट बेन्चमा बसेकी छिन् ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा नेपाल ६ अंकका साथ अपराजित रहँदै फाइनल खेल्नेछ । यदि नेपाल पराजित भएमा भने नेटरनरेटमा निर्भर रहनेछ । हङकङ ३ खेलमा४ अंकका साथ दोस्रो स्थानमाछ ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ र अश्मिना कर्माचार्य र खुशी डंगोल ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]