1 year ago
August 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा घरेलु टोली मलेसियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । बायोमास ओभलमा घरेलु टोली मलेसियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
नेपालले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य टोलीमा फर्किदा ईश्वरी विष्ट बेन्चमा बसेकी छिन् ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा नेपाल ६ अंकका साथ अपराजित रहँदै फाइनल खेल्नेछ । यदि नेपाल पराजित भएमा भने नेटरनरेटमा निर्भर रहनेछ ।
हङकङ ३ खेलमा४ अंकका साथ दोस्रो स्थानमाछ । यदि नेपाल पराजित भएमा तीन टोलीको अंक समान ४ हुनेछ ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ र अश्मिना कर्माचार्य र खुशी डंगोल ।
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् । प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको कार प्राप्त गरेका हुन्।