1 year ago
August 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ः ४५ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा नेपाल ६ अंकका साथ अपराजित रहँदै फाइनल खेल्नेछ । यदि नेपाल पराजित भएमा भने नेटरनरेटमा निर्भर रहनेछ ।
आज पहिलो खेलमा हङकङले कुवेतसँग खेलि राखेको छ । यदि उक्त खेलमा हङकङ पराजित भएमा नेपाल मलेसियासँग खेल्नु अघि नै फाइनलमा पुग्नेछ । हङकङ विजयी भएमा नेपाल पराजित भएमा तीन टोलीको अंक समान ४ हुनेछ । यो अवस्थामा नेटरनरेट निर्णायक बन्ने देखिन्छ ।
नेपालले कुवेतविरुद्ध निकै सुस्त सुरुवात गरेको थियो । पहिलो बाउन्ड्री ८२ बलपछि हानेको थियो । पावर प्लेमा आक्रामक सुरुवातको आवश्यकता पर्दछ । कप्तान रुविना क्षेत्रीबेलबासे, सीता रानामगर र इन्दु बर्मा प्रमुख ब्याटर हुन् । यी तीन मध्य एक खेलाडीले ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।
युवा ब्याटर सम्झना खड्का र पुजा महतोबाट पनि नेपालले ठूलो अपेक्षा राख्नेछ । नेपालले कुवेतविरुद्ध अप्सरी बेगम र अश्मिना कर्माचार्यलाई विश्राम दिएको थियो । ईश्वरी विष्टको स्थानमा अस्मिना फर्किने सम्भावना छ । अप्सरीको स्थानमा आएकी खुशी डंगोलले १८ बल मध्य १६ बल डट राख्दै दुई विकेट लिएकी थिइन् । त्यसैले खुसीलाई निरन्तरता दिने देखिन्छ ।
तीव्र गतिको बलरमा कविता कुँवर, अश्मिना र पुजा रहनेछिन् । पार्टटाइममा इन्दुले साथ दिनेछिन् । स्पिनरमा रुविना, सीता र खुशी रहनेछन् । दुई महिना अघि नेपालले मलेसियामा गएर पाँच महिला टि२० आई खेलको सिरिज खेलेको थियो ।
उक्त सिरिज नेपालले ३-२ ले जितेको थियो । ओपनर विनिफ्रेड दुराईसिंघम, वान जुलिया र कप्तान मास एलिसा प्रमुख ब्याटर हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]