1 year ago
August 24, 2023
एजेन्सी – नाटकीय अन्तिम ओभरमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा अफगानिस्तानलाई एक विकेटले हराएको छ । योसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगावै जितेको छ ।
जितको लागि ३ सय १ रनको बलियो विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका ओपनर इमाम उल हकले १ सय ४ बलमा ४ चौकासहित सर्वाधिक ९१ रन बनाए । पाकिस्तानको जितमा नसिम शाह ५ बलमा २ चौकासहित १० रनमा अविजित रहे ।
पाकिस्तानलाई अन्तिम १२ बलमा जितको लागि २७ रन चाहिँदा हातमा दुई विकेट बाँकी थियो । शादब खानले तीव्र गतिका बलर अब्दुल रहमानलाई अन्तिम दुई बलमा चौका र छक्कासहित कुल १६ रन प्रहार गरेपछि खेल रोचक बनेको थियो । अन्तिम ६ बलमा जितको लागि ११ रन चाहिँएको थियो ।
तर अन्तिम ओभरको पहिलो बलमा फजलहक फारुकीले खेल भावना विपरित शादब खानलाई नन स्ट्राइकरमा रन आउट गरेका थिए । नन स्ट्राइकबाट रन कुद्न थोरै अघि बढेको अवस्थामा फारुकीले बल रोक्दै रन आउट गरेका थिए ।
नसिम शाहले पहिलो बलमा चौका प्रहार गरेका थिए । दोस्रो बल डट हुँदा तेस्रो बलमा एक रन बटुले । चौथो बलमा हरिस रौफले तीन रन जोडेपछि बाँकी दुई बलमा जितको लागि तीन रन चाहिँएको थियो ।
पाँचौं बलमा नसिम शाहले फारुकीलाई थर्डम्यानमा चौका प्रहार गर्दै पाकिस्तानलाई रोमान्चक जित दिलाए । विकेटकिपर र प्वाइन्टको वीचमा एज लागेर चौका गएको थियो । नाटकीय अन्तिम ओभरमा पाकिस्तानले जित हात पारेको हो ।
शादब खानले ३५ बलमा ३ चौका र १ छक्कासहित ४८ रन बनाए । पाकिस्तानलाई ओपनर फखार जमान र इमाम उल हकले पहिलो विकेटका लागि ९ ओभरमा ५२ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर फजलहक फारुकीले जमानलाई ३० बलमा बोल्ड आउट गरेका थिए । उनले ३४ बलमा ५ चौका प्रहार गरे ।
दोस्रो विकेटका लागि बाबर आजम र इमाम उल हकले १ सय १८ रनको शतकीय साझेदारीका साथ सहज जितको सम्भावना देखाएका थिए । बाबर आउट हुनुअघि पाकिस्तान ३०.३ ओभरमा १७०-१ को अवस्थामा थियो । बाबर फारुकीको बलमा शाहिलीबाट क्याच आउट हुँदै ६६ बलमा ६ चौकासहित ५३ रनमा आउट भए ।
तर मध्यक्रम पाकिस्तानको पुन चल्न सकेन । मोहम्मद रिजवान २ रनमा रन आउट भए । अघा सलमान १४ र उस्मा मिर शून्यमा एकै ओभरमा नाबीको बलमा आउट भएपछि पाकिस्तान दबाबमा परेको थियो । इफ्तिखर अहमद २४ बलमा १ चौकासहित १४ रनमा क्याच आउट भए ।
अफगानिस्तानका फजलहक फारुकीले ९.५ ओभरमा ६९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नाबीले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । मुजिब उर रहमान र अब्दुल रहमानले समान एक विकेट लिए ।
त्यसअघि श्रीलंकाको हम्बान्टोतामा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो ।
अफगानिस्तानका ओपनर तथा विकेटकिपर रहमानउल्लाह गुरबाजले १ सय ५१ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५१ रनको शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । यो उनको ओडिआइ करिअरको पाँचौ र उत्कृष्ट प्रदर्शन हो ।
यसअघि उनको ओडिआईमा उच्च प्रदर्शन गत जुलाईमा बंगलादेशविरुद्ध १ सय ४५ रन थियो । पहिलो विकेटका लागी रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले ३९.५ ओभरमा २ सय २७ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।
इब्राहिम जद्रान १ सय १ बलमा ६ चौका र २ छक्कासहित ८० रनमा आउट भएका थिए । मोहम्मद नाबी २९, राशिद खान २, शाहिदुल्लाह १ र कप्तान हश्मातुल्लाह शाहिदी १५ बनाए ।
पाकिस्तानको जितमा शाहिन शाह अफ्रिदीले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए । नसिम शाह र उस्मा मिरले एक एक विकेट लिए । पहिलो खेलमा पाकिस्तान १ सय ४२ रनले विजयी भएको थियो । पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५९ रनमा अल आउट गरेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]