default_image

1 year ago

August 23, 2023

इन्दुको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल फाइनल नजिक

9865 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्दु बर्माको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत कुवेतलाई ३४ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ ।

जितको लागि ९० रनको मध्यम विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो ।
कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । अन्य कुनैपनि कुवेती ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागी इन्दु बर्माले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । नेपालका लागि पहिलो खेल खेलेकी खुशी डंगोलले ३ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिइन् ।

त्यसअघि बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि नेपाल उत्कृष्ट बलिङका साथ उक्त योगफल जितको पर्याप्त बनाएको हो ।

नेपालको जितमा इन्दु बर्माले १९ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाइन् । काजोल श्रेष्ठले १८ बलमा १ चौकासहित १९ रनको अविजित इनिङ खेलिन् ।

यी दुई ब्याटर बाहेक अन्य कुनैपनि नेपाली ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । नेपालले ८२ बलपछि चौका प्रहार गरेको थियो । इन्दुले २ र काजोलले एक बाहेक अन्य कुनैपनि ब्याटरले चौका प्रहार गर्न सकेनन् ।

ओपनर पुजा महतो डक, सम्झना खड्का १, अनुभवी ब्याटर सीता रानामगर १२ बलमा ७, कप्तान रुविना क्षेत्री बेलबासे ५, विन्दु रावल ४५ बलमा २०, कविता जोशी २ र कविता कुँवर डक आउट भइन् ।

महियम हैदरले ४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएपनि ब्याटिङ नचल्दा टोलीलाई जिताउन सकिनन् । मर्याम ओमारले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । प्रियादा मुराली र खादिजा खालिलले एक एक विकेट लिइन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नेटरनरेटमा भर पर्नेछ ।

शीर्ष दुईमा रहन सके शनिबार फाइनल खेल्नेछ । पराजित भएमा तेस्रो स्थानको लागि खेल्नेछ । नेपालले सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.