default_image

1 year ago

August 23, 2023

कुवेतलाई नेपालको मध्यम लक्ष्य

3361 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा कुवेतलाई ९० रनको मध्यम लक्ष्य दिएकोछ । बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनायो ।

नेपालको लागि मध्यक्रमकी ब्याटर इन्दु बर्माले १९ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाइन् । काजोल श्रेष्ठले १८ बलमा १ चौकासहित १९ रनको अविजित इनिङ खेलिन् ।

नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर पुजा महतोलाई शून्यमा गुमाएको थियो । पुजा मरियम हैदरको बलमा क्याच आउट भइन् । हैदरकै बलमा सम्झना खड्का १ रनमा आउट भइन् ।

अनुभवी ब्याटर सीता रानामगर १२ बलमा ७, कप्तान रुविना क्षेत्री बेलबासे ५, विन्दु रावल ४५ बलमा २०, कविता जोशी २ र कविता कुँवर डक आउट भइन् ।

महियम हैदरले ४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिइन् । मर्याम ओमारले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । प्रियादा मुराली र खादिजा खालिलले एक एक विकेट लिइन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.