1 year ago
August 23, 2023
एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले द हन्ड्रेड एन एस चार्जसबाट वेल्स फायरविरुद्ध विष्फोटक शतक प्रहार गरेका छन् । उनले विष्फोटक शतक प्रहार गरेपनि टोली ८ विकेटले पराजित हुन पुग्यो ।
लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको चार्जसले १ सय बलमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । ह्यारी ब्रुकले ४२ बलमा ११ चौका र ७ छक्कासहित १ सय ५ रनमा नट आउट रहे ।
उनी बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । एडम होसले १५ रन बनाउँदा अन्य ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर एडम लायथ २, म्याथ्यु सर्ट र टम ब्यान्टन डक आउट भए ।
डेविड विल्लीले १५ बलमा १० रन खर्चेर २ विकेट लिए । म्याट हेनरी, डेविड पेन, ल्यूक वेल्स र रोलेफ भान डर मर्वेले एक एक विकेट लिए ।
जितको लागि १ सय ५९ रनको मध्यम विजयी लक्ष्य वेल्स फायरले ९० बलमा २ विकेट गुमाउँदै पूरा गर्यो । जोनी बेयरस्टो ४४, स्टेफन एस्किानाजीा ५८ र जो क्लार्कले ४२ रन बनाए ।
ह्यारी ब्रुक आगमी महिना न्युजिल्यान्डसँग हुने चार ओडिआई खेलको सिरिजमा इंग्ल्यान्डको टोलीमा छैनन् । उक्त टोलीलाई भारतमा हुने विश्वकपको अस्थायी टोलीको रुपमा समेत हेरिएको छ । बेन स्टोक्स सन्न्यासपछि टोलीमा फर्किएपछि ह्यारी ब्रुक टोलीबाट बाहिरिनु परेको थियो ।
ब्रुकले इंग्ल्यान्डको टि२०, ओडिआई र टेस्ट तीनै संरचनामा सानदार प्रदर्शन गर्दै आएका छन् । अघिल्लो वर्ष टि२० विश्वकप जित्दा उनी टोलीका सदस्य थिए । उनी विष्फोटक ब्याटरको रुपमा चिनिन्छन् । त्यसैले सनराइजर्स हैदराबादले अक्सनमा १३ करोड २५ लाख भारु खर्चेको थियो । कोलकाताविरुद्ध ब्रुकले ५५ बलमा १ सय रनको अविजित इनिङ खेलेका थिए ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]