2 years ago
August 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।
नेपाल आजको खेलमा विजयी हुँदा फाइनल यात्रापक्का पक्की जस्तै हुनेछ । कुवेत पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । पहिलो खेलमा हङकङलाई हराउन स्पिनर सीता रानामगरले पाँच विकेट लिएकी थिइन् ।
नेपालकी सर्वाधिक अनुभवी स्पिनर सीता आफ्नो अनुभवको भरपूर्ण फाइदा उठाएकी थिइन् । उनीबाट नेपाल ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन चाहन्छ । उनलाई ब्याटिङ भने नेपालले तल्लोक्रममा खेलाएको थियो । यसअघि उनले शीर्षक्रममा खेल्ने गर्दथिइन् ।
नेपालको लागि डेब्यू गरेकी पुजा महतोले पनि राम्रो प्रभाव छाडेकी थिइन् । उनले ओपनिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछिन् । नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गर्ने सम्भावना छैन ।
पहिलो खेलको टोलीलाई नै निरन्तरता दिने देखिन्छ । बेन्चमा तीव्र गतिकी बलर ईश्वरी विष्ट, स्पिनर खुशी डंगोल र विकेटकिपर रुवि पोदारलाई राखेको थियो । यी तीन खेलाडीलाई मौका दिन कुनै एकलाई बेन्चमा राख्नु पर्ने हुन्छ । पहिलो खेलबाट परिवर्तन गर्ने सम्भावना देखिदैन ।
नेपाललाई जिताउन युवा ब्याटर सम्झना खड्काले ३६ बलमा ५ चौकासहित ३६ रन बनाएकी थिइन् । पछिल्लो समय उनले मध्यक्रममा राम्रो प्रदर्शन गर्दै आएकी छिन् । कप्तान रुविना क्षेत्री बेलबासे, इन्दु बर्मा, सीता र सम्झना प्रमुख ब्याटर हुन् । ओपनर पुजा महतोबाट पनि ठूलो अपेक्षा राख्नेछ ।
नेपालको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । कविता कुँवर, अश्मिना कर्माचार्य र पुजा महतो हुनेछन् । पार्टटाइम बलर इन्दु बर्माले पनि राम्रो बलिङ गर्दै आएकी छिन् ।
पहिलो खेल वर्षाको कारण मलेसिया र कुवेतबीच ५–५ ओभरको भएको थियो । कुवेतले ५ ओभरमा ७ विकेट गुमाउँदै २२ रन बनाएको थियो । चार देश सम्मिलित सिरिजमा कुवेत, हङकङ, मलेसिया र नेपाल छन् । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।
शीर्ष दुईमा रहन सके शनिबार फाइनल खेल्नेछ । पराजित भएमा तेस्रो स्थानको लागि खेल्नेछ । नेपालले आगमी सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।
नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।
फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।
नेपालको टोली :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]