1 year ago
August 22, 2023
एजेन्सी – पाकिस्तानले पहिलो ओडिआई खेलमा अफगानिस्तानलाई ५९ रनमा अल आउट गर्दै १ सय ४२ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ ।
जितको लागि २ सय २ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १९.२ ओभरमा ५९ रनमा अल आउट भयो । अफगानिस्तानका आजमतुल्लाह ओमरजाई १६ र रहमानउल्लाह गुरबाजले १८ रन बनाए ।
अन्य कुनैपनि अफगानिस्तानका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । शीर्षक्रमका ब्याटर इब्राहिम जद्रान, रहमात शाह र हशमतुल्लाह शाहिदी डक आउट भएका थिए ।
अफगानिस्तान २०१६ मा जिम्बावेसँग ५८ रनमा अल आउट भएको थियो । त्यसपछि दोस्रो कम अफगानिस्तानको ओडिआई योगफल हो ।
पाकिस्तानका हरिस रौफले ६.२ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए । शाहिन शाह अफ्रिदीले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर २ विकेट लिए । नसिम शाहले एक विकेट लिए ।
त्यसअघि श्रीलंकाको महिन्दा राजपक्ष इन्टरनेशल रंगाशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४७.१ ओभरमा २ सय १ रनमा अल आउट भएको थियो ।
पाकिस्तानका ओपनर इमाम उल हकले ९४ बलमा २ चौकासहित सर्वाधिक ६१ रनको योगदान दिएका थिए । उनी मोहम्मद नाबीको बलमा राशिद खानबाट समातिन पुगेका थिए ।
ओपनर फखार जमान २ रनमै तीव्र गतिका बलर फजलहक फारुकीको बलमा क्याच आउट भएका थिए । पाकिस्तानका १० मध्य ८ खेलाडी अफगानिस्तानको स्पिनरको शिकार बनेका थिए । बाँकी दुई एक रन आउट र एक तीव्र गतिका बलरमा आउट भए ।
पाकिस्तानका कप्तान बाबर आजम शून्यमा आउट हुनु ठूलो भारी पर्यो । स्पिनर मुजिब उर रहमानले बाबरलाई शून्यमा एलबीडब्लू आउट गरेपछि पाकिस्तान सम्हाल्लिन सकेको थिएन । मोहम्मद रिजवान २२ बलमा ४ चौकासहित २१, अघा सलमान ७, उस्मा मिर र शाहिन शाह अफ्रिदी समान दुई रनमा आउट भएका थिए ।
मध्यक्रमका ब्याटर इफ्तिखर अहमद ३० र शादब खान ३९ रनमा आउट भए । नसिम शाह २७ बलमा २ चौकासहित १८ रनमा अविजित रहे ।
अफगानिस्तानका स्पिनर मुजिब उर रहमानले १० ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नाबीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । प्रमुख स्पिनर राशिद खानले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । रमात शाह र फारुकीले समान एक विकेट लिए । दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]