1 year ago
August 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा हङकङविरुद्ध राम्रो बलिङ प्रदर्शन गरेको छ । मलेसियाको बायोमास ओभलमा टस हारेको हङकङले ५ ओभरमा २ विकेट गुमाउँदै १३ रन बनाएकोछ ।
सिंह यान चान १० बलमा १ रनमा क्रिजमा छिन् । का यिग चान ३ बल खेल्दा खाता खोल्न सकेकी छैनिन् । नेपाललाई तेस्रो ओभरको पहिलो बलमै तीव्र गतिकी बलर कविता कुँवरले ओपनर तथा प्रमुख ब्याटर मारिको हिललाई ६ रनमा सीता रानामगरबाट क्याच गराउँदै महत्वपूर्ण सफता दिलाइन् ।
डेब्यू खेल खेलेकी तीव्र गतिकी बलर पुजा महतोले चौथो ओभरको तेस्रो बलमा अर्की ओपनर यासमिन दासवानीलाई ६ रनमा बोल्ड आउट गरिन् ।
पुजा महतोले २ ओभरमा १ मेडनसहित २ रन खर्चेर १ विकेट लिएकी छिन् । कविता कुँवरले ३ ओभरमा १ मेडनसहित ११ रन खर्चेर १ विकेट लिएकी छिन् । नेपालले आजको खेलमा युवा अलराउन्डर पुजा महतोलाई डेब्यू दिएको छ । उनी तीव्र गतिसँगै शीर्षक्रममा ब्याटिङ गर्ने गर्दछिन् । भारतको दिल्लीमा क्रिकेट सिकेकी उनी घरेलु क्रिकेट नखेलेपनि ठूलो आशा राखिएको छ । उनले ओपनिङ वा तेस्रो नम्बरमा ब्याटिङ गर्नेछिन् ।
आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित टि२० आई सिरिज खेल्नेछन् ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम र अश्मिना कर्माचार्य
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]