default_image

2 years ago

August 21, 2023

न्युजिल्यान्डलाई सिरिज उपाधि, च्यापम्यान सर्वोत्कृष्ट

1806 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले तेस्रो तथा निर्णायक टि२० आई खेलमा घरेलु टोली युएईलाई ३२ रनले हराउँदै सिरिज उपाधि जितेको छ । तीन खेलको सिरिज न्युजिल्यान्डले २–१ ले जितेको हो ।

जितको लागि १ सय ६७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । युएईका आयन खानले ३६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए ।

बासिल हामिद २८ बलमा २ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । ओपनर अर्यांश शर्मा १६, मोहम्मद वासिम ८, वृत्य अरविन्द १२ र आसिफ खान ११ रनमा आउट भए ।

न्युजिल्यान्डका तीव्र गतिका बलर बेन लिस्टरले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । काइल जेमिसन, मिचेल सान्टनार र आदित्य अशोकले समान एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो ।

न्युजिल्यान्डका विल योंगले ४६ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५६ रन बनाए । मार्क च्यापम्यान ३२ बलमा ५ चौका र २ छक्कासहित ५१ रनमा आउट भए । तीन खेलमा १ सय २९ रन बनाएका च्यापम्यान नै सिरिजका सर्वोत्कृष्ट खेलाडी चुनिए । मिचेल सान्टनार २०, डेन फक्सक्रोफ्ट १०, टिम सिफर्ट १३ र चाद बोवेस ९ रनमा आउट भए ।

युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद जवादुल्लाह र जहुर खानले समान एक विकेट लिए ।

न्युजिल्यान्ड पहिलो खेलमा १९ रनले विजयी भएको थियो । दोस्रो खेलमा भने न्युजिल्यान्ड ७ विकेटले पराजित हुँदै स्तब्ध भएको थियो । युएईले आफ्नो इतिहासमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको थियो । न्युजिल्यान्डले आफ्नो इतिहासमा पहिलो पटक एसोसिएट टोलीसँग हार्न पुगेको थियो ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.