1 year ago
August 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई भारतबाट आज नेपाल आइपुगेका छन् । अघिल्लो महिना एसिसी इमर्जिङ टिम्स एसिया कप र श्रीलंकामा १५ दिनको विशेष प्रशिक्षणपछि मोन्टी दिल्ली लागेका थिए ।
दिल्लीबाट मोन्टी आज बिहान नेपाल आइपुगेका हुन् । नेपाली टोली बुधबार पाकिस्तान जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुँदैछ । नेपाल एसिया कप सुरु हुन भन्दा एक साता अघिनै पाकिस्तान जानेछ । पाकिस्तानमा एक साताको तयारीपछि नेपालले एसिया कप खेल्नेछ ।
एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले भदौ १३ (अगष्ट ३०) मा पाकिस्तान र भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग खेल्नेछ ।
यदि शीर्ष दुईमा पर्न सके नेपालले सुपर फोरमा स्थान बनाउने छ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले एसिया कपको लागि रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरि सकेको छ ।
नेपालको एसिया कप खेल्ने टोली ः
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]