2 years ago
August 20, 2023
एजेन्सी – श्रीलंकाका लेगस्पिन अलराउन्डर वानिन्दु हसरंगा लंका प्रिमियर लिग (एलपिएल) मा सर्वाधिक रन बनाउने ब्याटर र विकेट लिने बलर बनेका छन् । बी लव कान्डीलाई फाइनलमा पुर्याउन कप्तान समेत रहेका उनले सानदार अलराउन्ड प्रदर्शन गरेका हुन् ।
उपाधिका लागि आज साँझ ७ः ४५ मा कान्डी र डम्बुुला आराबीच फाइनलमा प्रतिस्पर्धा हुँदैछ । कप्तान हसरंगाले १० खेलमा २ अर्धशतकसहित कुल २ सय ७९ रन बनाएका छन् । उनले २९ चौका र १४ छक्का प्रहार गरेका छन् ।
हसरंगाले सर्वाधिक रन बनाउनेक्रममा विश्व क्रिकेटकै वर्तमान समयका उत्कृष्ट पाकिस्तानी ब्याटर बाबर आजमलाई पछि पारेका छन् ।
कोलोम्बोबाट खेल्दै बाबर आजमले ८ खेलमा १ शतक र १ अर्धशतकसहित २ सय ६१ रन बनाएका छन् । अविष्का फ्रेनान्डोले २ सय ३९ र दीनेश चान्डिमल २ सय ३५ रन बनाएका छन् ।
हसरंगा बलिङतर्फ पनि सर्वाधिक विकेट लिने बलर हुन् । १९ विकेटका साथ हसरंगा शीर्षस्थानमा छन् । उत्कृष्ट प्रदर्शन ६–९ छ । उनीपछि नुवान प्रदीपले १३, मथिसा पाथिराना र तबरेज शाम्सीले समान १२ विकेट लिएका छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]