2 years ago
August 20, 2023
एजेन्सी – दक्षिण अफ्रिका तथा विश्व क्रिकेटकै महान् अलराउन्डर ज्याक्स कालिसले ४८ वर्षको उमेरमा पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् । अमेरिकामा जारी युएस मास्टर्स टि टेन प्रतियोगितामा क्यालिफोर्निया नाइट्सलाई टेक्सास चाजर्सविरुद्ध ७ विकेटको जित दिलाउन उनले उत्कृष्ट ब्याटिङ गरेका हुन् ।
टस जितेर पहिला ब्याटिङ रोजेको नाइट्सले निर्धारित १० ओभरमा १ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । ज्याक्स कालिस ३१ बलमा ८ चौका र ३ छक्कासहित ६४ रनमा नटआउट रहे । मिलिन्द कुमार २८ बलमा ७ चौका र ६ छक्कासहित ७६ रनमा नट आउट रहे ।
पहिलो ओभरको दोस्रो बलमै तीव्र गतिका बलर फिर्डेल एडवार्ड्सले आरोन फिन्चलाई शून्यमा आउट गरेका थिए । त्यसपछि कालिस र कुमारले पुरै इनिङ खेलेका थिए ।
जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको चार्जसले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन बनायो । मुख्तर अहमदले १० ओभरमा १ चौका र ४ छक्कासहित ३३, मोहम्मद हफिज २, बेन डक १८ र उपुल थरंगा २७ रनमा आउट भए । नाइट्सका असेला नर्सले २ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।
कालिस विश्व क्रिकेटकै महान् अलराउन्डर हुन् । उनले १ सय ६६ टेस्ट खेलमा ४५ शतक र ५८ अर्धशतकका साथ १३ हजार २ सय ८९ रन बनाएका थिए । उनले टेस्टमा २ सय ९२ विकेट लिएका थिए ।
त्यस्तै ओडिआईमा ३ सय २८ खेलमा १७ शतक र ८६ अर्धशतकसहित ११ हजार ५ सय ७९ रन बनाएका थिए । उनले ओडिआईमा २ सय ७३ विकेट लिएका थिए ।
२५ टि२० आई खेलमा ६ सय ६६ रन बनाउनुको साथै १२ विकेट लिएका छन् । विश्व क्रिकेटमा आक्रामक क्रिकेटको सुरुवात गराउन कासिलको योगदान निकै महत्वपूर्ण मानिन्छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]