default_image

1 year ago

August 18, 2023

स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने

867 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका प्रमुख ब्याटर स्टिभ स्मिथ दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् । अघिल्लो महिना द एसेजको क्रममा हातको नाँडीमा चोट लागेको कारण स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् ।

तर स्मिथ भारतसँगको ओडिआई सिरिज र विश्वकपको लागि भने उपलब्ध हुने छन् । स्मिथ बाहिरिएपछि अष्ट्रेलियाले टि२० आईमा एश्टन टर्नर र ओडिआईमा मार्नस लाबुसेनलाई टोलीमा बोलाएको छ ।

लाबुसेनको लागि विश्वकपमा स्थान बनाउन यो अवसर महत्वपूर्ण हुनसक्छ । किनभने प्रारम्भिक विश्वकप टोलीमा लाबुसेन छैनन् । दक्षिण अफ्रिका भ्रमणमा सानदार प्रदर्शन गर्न सके छनोटकर्ताले विश्वकपमा उनलाई सोच्न सक्छन् ।

अष्ट्रेलियाले स्मिथलाई टि२० मा ओपनिङ गराउने तयारी गरेको थियो । अष्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमणमा प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड, क्यामरन ग्रीन र डेविड वार्नरलाई विश्वकपलाई ध्यानमा राख्दै टि२० सिरिजमा विश्राम दिएको छ ।

एश्टन अगरले चोटका कारण दक्षिण अफ्रिका भ्रमण गुमाउने छन् । ग्लेन म्याक्सवेलले टि२० आई सिरिज खेल्नेछ । तर पाँच खेलको ओडिआई सिरिज भने पहिलो सन्तानको बुबा बन्न लागेपछि गुमाउने छन् । मिचेल मार्शले पहिलो पटक टि२० आईमा दक्षिण अफ्रिकामा कप्तानी गर्नेछन् ।

अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकासँग तीन टि२० आई खेलको सिरिज ३० अगष्ट, १ र ३ सेप्टेम्बरमा खेल्नेछ । त्यसपछि पाँच ओडिआई खेलको सिरिज हुनेछ । पाँच ओडिआई खेलको सिरिज ७, ९, १२, १५ र १७ सेप्टेम्बरमा खेल्नेछ ।

त्यसपछि अष्ट्रेलिया तीन ओडिआईको लागि भारतमा आउनेछ । विश्वकप ५ अक्टोबर देखी १९ नोभेम्बर सम्म हुनेछ । सर्वाधिक पाँच पटकको विश्वकप विजेता अष्ट्रेलिया उपाधिको प्रमुख दाबेदार हो ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.