1 year ago
August 17, 2023
डिल्लीराज ओझा /धनगढी
जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः बिक्रम विष्ट निर्वाचित भएका छन् । बिहीवार जिल्लाको सातौं अधिवेशनबाट विष्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।
कैलाली जिल्लामा रहेर लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय रहेका विष्टलाई दोस्रो कार्यकालको लागि अध्यक्ष दिएको हो । उपाध्यक्षमा सम्भु लामिछाने,सचिवमा देव नारायण झा, कोषाध्यक्षमा विक्रम लामा सर्वसम्मच निर्वाचित भए ।
सदस्यहरुमा रतन बहादुर कठायत, बाबुराजा श्रेष्ठ, रुपक विष्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री ,गणेश रजक, दीनेश महर्जन, लोक बहादुर खड्का (रवि),गोविन्द राज जोशी, पदम बहादुर सिंह,सम्राट सिंह र कमल राज जोशी निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनमा प्रमुख अतिथि नेपाल क्रिकेट संघका (क्यान) का अध्यक्ष चदुर बहादुर चन्दले नेपाली क्रिकेटको अप्ठ्यारो अवस्थामा काम गरेर यो अवस्थामा ल्याइपुर्याएकोले एकपटक पुनः अन्तिम पटकको लागि आफू अध्यक्ष पदमा आउन चाहेको बताएका छन् ।
उनले आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । क्रिकेट संघ विस्तारमा सुदूरपश्चिम मात्र नभै देशका कुना कन्दरामा आफु प्रत्यक्ष सहभागी भै काम गरेकोले साथीहरू यसपटक पुनः आफुलाई जिताउनेमा ढुक्क रहेको बताएका छन् । सँगै प्रदेशका थप ७ जिल्लामा सर्वसम्मत तरीकाले अधिवेशन भैसकेको छ ।
जिल्ला क्रिकेट संघ कैलालीको अधिवेशनमा पाँच जना सम्मानित
जिल्ला क्रिकेट संघ कैलालीको सातौँ अधिवेशनमा पाँच जना सम्मानित भएका हुन । बिहीबार निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा सम्पन्न सातौं अधिवेशनमा कृकेटमा लामो समयदेखि सक्रिय रहेका अध्यक्ष जस्तो जिम्मेवारपूर्ण पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटमा योगदान पुर्याएको भन्दै चतुर बहादुर चन्दलाई सम्मान गरेको हो ।
त्यस्तै कैलाली जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष धर्म बहादुर बोहरा, पूर्व सचीव गणेश नेपाली, पूर्व कोषाध्यक्ष मदन बहादुर कुँवर र धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुवास शाही सम्मानित भएका छन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]