default_image

1 year ago

August 16, 2023

स्टोक्स इंग्ल्यान्डको ओडिआई टोलीमा

796 views

0 Bookmark

एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्सलाई समेट्दै घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डसँग अर्को महिना खेल्ने चार ओडिआई सिरिजको लागि टोली घोषणा गरेकोछ ।

बेन स्टोक्सले गतवर्ष जुलाईमा ओडिआई क्रिकेटबाट सन्न्यास लिएका थिए । तर इंग्ल्यान्डले विश्वकप उपाधि जित्ने लक्ष्यसहित बेन स्टोक्सलाई सन्न्यास फिर्ता लिन आग्रह गरेपछि उनी ओडिआई टोलीमा फर्किएका हुन् । योसँगै आगमी अक्टोबर नोभेम्बरमा बेन स्टोक्सले भारतमा हुने विश्वकप खेल्ने पक्का भएको छ ।

इंग्ल्यान्डले तीव्र गतिका बलर गस एटकिन्सनलाई पहिलो पटक टोलीमा समेटेको छ । घरेलु क्रिकेटमा सानदार प्रदर्शन गरेपछि उनले टोलीमा स्थान बनाएका हुन् । जोफ्रा आर्चर भने टोलीमा छैनन् । उनी चोटका कारण लगातार टोली बाहिर हुँदै आएका छन् ।

इंग्ल्यान्डले आफ्नो पहिलो रोजाईको टोली न्युजिल्यान्डविरुद्ध खेलाउने भएको छ । इंग्ल्यान्ड र न्युजिल्यान्डबीच समान चार टि२० आई र ओडिआई सिरिज हुनेछ । टि२० आई सिरिज ३० अगष्ट, १ सेप्टेम्बर, ३ सेप्टेम्बर र ५ सेप्टेम्बरमा हुनेछ । ओडिआई सिरिज ८ सेप्टेम्बर, १० सेप्टेम्बर, १३ सेप्टेम्बर र १५ सेप्टेम्बरमा हुनेछ ।

इंग्ल्यान्डको ओडिआई टोली :

जस बटलर (कप्तान), मोईन अली, गस एटकिन्सन, जोनी बेयरस्टो, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, जेसन रोय, बेन स्टोक्स, रिस टोप्ली, डेविड विल्ली, मार्क वुड र क्रिस वोक्स ।

इंग्ल्यान्डको टि२० टोली :

जस बटलर (कप्तान), रेहान अहमद, मोईन अली, गस एटकिन्सन, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, बेन डकेट, विल ज्याक्स, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जश टंगे, जोहन टर्नर र ल्यूक वुड ।

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुरले पायो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेल नतिजा विहीन

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]

Success

Thank you for your time.