default_image

1 year ago

August 15, 2023

‘साँच्चिकै टेस्ट मान्यता सम्म पुग्न एकले अर्कालाई विश्वास गर्नुपर्यो’ – पारस खड्का

2359 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले टेस्ट मान्यतासम्म पुग्न अव सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्विरोध चयन भएपछि पारसले उक्त प्रतिक्रिया दिएका हुन् । ‘म आजबाट आधिकारीक रुपमा पदाधिकारीको रुपमा नियुक्त भएको छु । काठमाडौं जिल्ला क्रिकेट संघ प्रति मेरो जिम्मेवारी छ । पहिला देखीनै मैले भन्दै आएको क्रिकेटको संरचना जिल्ला देखीनै फेरबदल गर्ने अवस्थामा आएको छ । जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म लड्ने बाटो आजदेखी खुलेको छ’, पारसले भने ।

पारसले बागमती प्रदेशको अध्यक्षमा लड्नेछन् । त्यहाँ जितेपछि पारस क्यान नेतृत्वमा जाने सम्भावना छ । पारसले आफ्नो चुनावी योजना केहि दिनमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछन् । क्रिकेट विकास गर्न सबै मिलेर काम गर्नुपर्ने पारस बताउँछन् ।

‘नेपाली क्रिकेट साँच्चिकै अगाडि बढ्न चाहन्छौं भने नेपालका जतिपनि पदाधिकारी हुनुन्छ, सबैलाई एक ठाउँमा लिएर हामी यो भन्दा पनि माथिल्लो स्तरमा पुर्याउन सक्छौं । मलाई लाग्छ हामीले अझ राम्रो नतिजा ल्याउन सक्छौं । म खुसी छु । तर आगमी दिनको चुनौतीहरु धेरै छन् । त्यसको लागि निरन्तर रुपमा लागि रहनेछु’, उनले भने ।

पारस मैदान बाहिर काम गर्न सजिलो नभएको बताउँछन् । ‘मैदान बाहिर खेल्न सजिलो त छैन । आन्तरिक रुपमा चुनावमा लड्न हामीले काम गरि राखेका छौं । म आफैंपनि सबैलाई भेट्ने कुराकानी गर्ने गरेको छु । क्रिकेट खेल्दा आफूमा निर्भर हुन्थ्यो । आफ्नो क्षमतामा भर पथ्र्यो । तर यहाँ सबैसँग मिलेर सहकार्य गर्नुपर्ने, बाचा गर्नुपर्ने र फकाउनु पर्ने भएको हुँदा सिक्दै छु । पदाधिकारी हुन त्यति सजिलो त छैन । क्रिकेट म्यानेजमेन्ट आफैंमा चुनौतीपूर्ण छ’, पारसले भने ।

क्रिकेट विकास गर्न एक्लैले गरेर नहुने पारस बताउँछन् । ‘क्रिकेट व्यवस्थित गर्न मैले मात्रै गरेर हुँदैन । म बारम्बर भन्दै आएको एउटा मात्रै हो की म टिम भावनामा खेलेर आएको ब्यक्ति हुँ । टिममा मैले आफूले सक्दो डटेर जसरी होस् नेपाली क्रिकेटलाई जिताउनु पर्छ भनेर खेल्थे । जसरी मैले मेरो टिमसाथीको सहयोग खेल मैदानमा पाएको थिए । अव खेल मैदान बाहिर पनि जतिपनि पदाधिकारी हुनुन्छ वहाँबाट सहयोगको अपेक्षा गरेको छु’, पारसले भने ।

त्यसैमा उनले थपे, ‘मेरो भनाई यति मात्रै हो की म क्रिकेट संघमा आएर आजको भोली जादुमय परिवर्तन हुने छैन । क्रिकेटको संरचना अनुसार सबैको भूमिका र सहयोग आवश्यक पर्दछ । साँच्चिकै टेस्ट मान्यता सम्म पुग्ने हो भने एकले अर्कालाई विश्वास गर्नुपर्यो । पदाधिकारी भएर र पदमा पुगेर मात्रै भएन । अव काम पनि गर्नुपर्ने अवस्था आएको छ । जति पनि जिल्ला र प्रदेशको दाईभाई हुनुन्छ सबै जनालाई आजको दिनबाट मिलेर नेपाली क्रिकेटलाई अघि बढाउन आवश्यक छ ।’

‘मैदान भित्र भन्दा बाहिर गाह्रो छ । किनभने मैदान बाहिर अझै पनि त्यो परिपक्कता आई पुगेको छैन । साँच्चिकै भन्ने हो भने नेपाली क्रिकेटको संरचना हेर्ने हो भने हामी एक पाइला पनि अघि बढेका छैनौं । त्यसले गर्दा एक एक पाइला लिएर अघि बढ्दा क्रिकेटका सबै स्रोत र साधन जोड्न सक्ने क्षमता भएका ब्यक्तिलाई एक ठाउँमा लिएर जोड्ने भूमिका गर्नेछु’, पारसले भने ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.