2 years ago
August 15, 2023
एजेन्सी – श्रीलंकाका स्टार स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएका छन् । हसरंगाले सिमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्न्यास लिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।
वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट लेगस्पिनर तथा अलराउन्डर हसरंगाले २०२० मा दक्षिण अफ्रिकाविरुद्ध सेन्चुसरियनमा टेस्टमा डेब्यू गरेका थिए । उनले ४ टेस्ट खेलमा १ सय ९६ रन बनाउनुको साथै ४ विकेट लिएका छन् ।
उनले पछिल्लो पटक २०२१ अप्रिलमा बंगलादेशविरुद्ध घरेलु मैदान पालेकेलेमा अन्तिम टेस्ट खेल खेलेका थिए । हसरंगा श्रीलंकाका प्रमुख बलर हुन् । तल्लोक्रममा उत्कृष्ट ब्याटिङको क्षमता राख्छन् ।
उनले ४८ ओडिआई खेलमा ६७ विकेट लिएका छन् । ब्याटिङतर्फ उनले ४ अर्धशतकसहित कुल ८ सय ३२ रन बनाएका छन् । त्यस्तै ५८ टि२०आई खेलमा ५ सय ३३ रन बनाउनुको साथै ९१ विकेट लिएका छन् । श्रीलंका क्रिकेट बोर्डले हसरंगाको सन्न्यास लिने निर्णय स्वीकार पनि गरेको छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]