default_image

1 year ago

August 14, 2023

मनिष भक्तपुरको अध्यक्षमा निर्वाचित

1028 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका पूर्वअलराउन्डर मनिष राज पाण्डे भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् । पाण्डेले अध्यक्षका अर्का प्रत्यासी रुपक रञ्‍जितलाई २ भोटले हराउँदै निर्वाचित भएका हुन् । पाण्डेले १४ भोट ल्याउँदा रञ्‍जितले १२ भोट प्राप्त गरे ।

पाण्डे नेपालका पूर्व खेलाडीसँगै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को अध्यक्ष समेत हुन् । सिप्यान खेलाडीहरुको हकहीत र कल्यायकारी कार्य गर्दै आएको छ ।

त्यस्तै उपाध्यक्षमा राष्ट्रिय अम्पायर धर्म सुन्दर शाक्य विजयी भएका छन् । शाक्यले १४ र कुन्दनराज सुवेदीले १२ भोट प्राप्त गरे ।

सचिवमा सन्जय बस्नेत विजयी भए । सन्जयले चिठ्ठा मार्फत जितेका थिए । सन्जय र किशोर चौगुठीको समान १३ भोट भएपछि चिठ्ठा थुत्नु परेको थियो ।

कोषाध्यक्षमा कवि खागी विजयी भए । कविले १४ र सागर पलिखेलले १२ भोट प्राप्त गरे । त्यस्तै सदस्यमा सुरज शाक्य, स्वस्तिका पौडेल, राम श्रेष्ठ, बुद्धिराम तामाङ, राजेश कुमार ठाकुर, निरा राजोपाध्याय, अभय राणा र नगेन्द्र भट्टराई चुनिए ।

नेपाल क्रिकेट संघ(क्यान) को जिल्ला प्रदेश हुँदै केन्द्रको निर्वाचन हुनेछ । बागमती प्रदेशमा पूर्वकप्तान पारस खड्का अध्यक्षमा उठ्नेछन् । यसै साता सम्पन्न चितवन जिल्लामा सुदीप पिया, मकवानपुरमा करन महत्रा क्षेत्री, ललितपुरमा शेखर श्रेष्ठ, नुवाकोटमा दुर्गाराज पठक अध्यक्षमा निर्वाचित भएका थिए । काठमाडौंको भने चुनाव हुन बाँकी छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.