default_image

1 year ago

August 14, 2023

भारतमाथि सानदार जितसँगै वेस्टइन्डिजलाई उपाधि, पुरन सर्वोत्कृष्ट

3617 views

0 Bookmark

एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले पाँचौं तथा निर्णायक खेलमा भारतलाई ८ विकेटले हराउँदै सिरिज उपाधि जितेको छ । वेस्टइन्डिजले पाँच खेलको सिरिज ३-२ ले जितेको हो ।

जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा ओपनर ब्रेन्डन किंग ५५ बलमा ५ चौका र ६ छक्कासहित ८५ रनमा नट आउट रहे ।

निकोलस पुरन ३५ बलमा १ चौका र ४ छक्कासहित ४७ र कायल मेयर्स १० रनमा आउट भए । शाई होप १३ बलमा १ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले ४५ बलमा ४ चौका र ३ छक्कासहित सर्वााधिक ६१ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । युवा ब्याटर तिलक बर्माले १८ बलमा ३ चौका र २ छक्कासहित २७ रनमा आउट भए । अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतको सुरुवात राम्रो हुन सकेको थिएन । स्पिनर अकिल हुसैनले पहिलो ओभरको पाँचौं बलमा युवा ओपनर यशस्वी जैसवाललाई ५ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए ।

हुसैनकै तेस्रो ओभरको पाँचौं बलमा शुभमन गिल ९ रनमा एलबीडब्लू आउट हुन पुगे । तेस्रो विकेटका लागि तिलक बर्मा र सूर्यले ३० बलमा ४९ रनको साझेदारी गरेका थिए । स्पिनर रोश्टन चेशले बर्माको उत्कृष्ट क्याच लिँदै भारतलाई दबाबमा राखेका थिए । सञ्जु स्यामसन १३, हार्दिक पान्ड्या १४, अर्शदीप सिंह ८, अक्षर पटेल १३ र कुलदीप यादव शून्यमा आउट भए ।

वेस्टइन्डिजको जितमा प्लेयर अफ द म्याच चुनिएका तीव्र गतिका बलर रोमारियो शेफर्डले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । स्पिनर अकिल हुसैनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए ।

जेसन होल्डरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । चेशले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा वेस्टइन्डिज चार रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो । तेस्रो खेलमा भारत ७ विकेट र चौथो खेलमा ९ विकेटले विजयी भएको थियो ।

विकेटकिपर निकोलस पुरन सिरिजको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । पुरनले ५ खेलमा १ सय ७६ रन बनाएका थिए । २०१७ पछि वेस्टइन्डिजलाई भारतविरुद्ध सिरिज जिताउन उनले उच्च प्रदर्शन गरेका थिए ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.