1 year ago
August 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्य नेपाली टोली जाने भएका छन् । एसिया कपको लागि नेपालले अन्तिम टोली घोषणा गर्न बाँकी छ ।
एसिया कपमा सबै टोलीले १७ खेलाडी पठाउने भएका छन् । त्यसैको कारण नेपालको पनि १७ सदस्य टोली पठाउने भएको छ । नेपालले एसिया कप खेल्ने अन्तिम टोली टुङ्गो लगाई सकेको छ । तर सार्वजनिक रुपमा घोषणा भने गरेका छैन ।
‘हामी पाकिस्तान कहिले जाने अझै टुङ्गो लागेको छैन । कुराकानी भई राखेको छ । टिममा १७ जना जाने हो । हामी नाम एक दुई दिनमा सार्वजनिक गछौं होला’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले हाम्रो खेलकुदसँग भने ।
एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । पाकिस्तान र बंगलादेशले पनि १७ सदस्य टोली घोषणा गरेका छन् । यसअघि आइसिसी र एसिसीको प्रतियोगितामा एक टोलीमा १५ खेलाडी हुने गर्दथ्यो ।
नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । नेपाल शीर्ष दुईमा पर्न सके सुपर फोरमा पुग्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ ।
नेपाल एक महिना अघि श्रीलंकामा एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न गएको थियो । भारत र पाकिस्तान ए सँग पराजित हुँदा युएईको युवा टोलीलाई हराएको थियो ।
त्यसपछि नेपालले १५ दिनमा श्रीलंकामै बसेर विशेष प्रशिक्षण गरेको थियो । श्रीलंकाको चार स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो । त्यसपछि भने टोली स्वदेश फर्केपछि विदामा छ । मुख्य प्रशिक्षक मोन्टी देशाई भारतमा छन् । नेपाली टोलीका केहि खेलाडीले भने टियुमा लगातार अभ्यास गर्दै आएका छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]