default_image

1 year ago

August 12, 2023

मकवानपुरमा क्यानका कार्यवाहक सचिवलाई कालोमोसो दल्ने प्रयास*

2272 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकलाई हेटौंडामा कालोमोसो दल्ने प्रयास भएको छ ।

जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारणसभा तथा चौथो जिल्ला अधिवेशनको उद्घाटनका लागि हेटौंडा आएका पाठकलाई शनिबार विहान अपरिचित युवाहरुले कालोमोसो फालेर फरार भएका हुन् । अधिवेशनमा उपस्थित एक प्रत्यक्षदर्शीले हाम्रो खेलकुदलाई घटनाका पुष्टि गरे ।

कार्यवाहक सचिव पाठकले आफूलाई पछाडीबाट मोबिल फ्याँकेर केही व्यक्ति भागेको बताए । ‘म केही साथिहरुसँग खाना खाने ठाउँमा थिएँ ‌। पछाडीबाट केही व्यक्ति आएर मोबिल फ्याँके । मेरो टोपी र कोटमा कालोमोसो लाग्यो, अन्य साथिहरुलाई पनि लाग्यो,’ उनले भने ।

प्रत्यक्षदर्शीका अनुसार हेटौंडास्थित एक होटलमा आयोजित अधिवेशनको उद्घाटन समारोहपश्चात खाना खाने समयमा उक्त घटना भएको हो । स्कुटर चढेर आएका तीन युवाको समूहले उनलाई लक्षित गर्दै कालोमोसो फालेका थिए ।

बागमती प्रदेश क्रिकेट संघका सचिव समेत रहेका पाठकले यस विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराउने तयारी गरेका छन् । उनीसहितको टोली हाल प्रहरी कार्यालयमा रहेको छ ।

घटनापश्चात् वडा प्रहरी कार्यालय हेटौंडाबाट परिचालित भएका प्रहरी टोलीले घटनाको विवरण संकलन गरेको छ । प्रहरीले होटलमा रहेको सीसीटीभी क्यामेराको फुटेज संकलन गरेको छ भने फरार रहेका युवाहरुलाई समेत खोजी गरिरहेको छ ।

घटनाको कारण अधिवेशनको दोस्रो सत्र सुरु भएको छैन । दोस्रो सत्र सुरु हुने वा नहुने अन्यौलमा रहेको बुझिएको छ । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संघ जिल्ला अध्यक्ष बासुलाल श्रेष्ठको सभाध्यक्षता रहेको थियो ।

क्यानको जिल्ला सदस्यहरुको अधिवेशन अन्तिम चरणमा पुग्दा प्रदेश चुनावको समिकरण पनि केही प्रष्ट हुँदै गइरहेको छ ।

*यसअघि कार्यवाहक सचिवसँग सम्पर्क हुन नसक्दा पछिल्लो अपडेटमा विस्तृत घटनाक्रम थपिएको छ । कालोमोसो दल्ने प्रयास हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।सम्पादक १:१९ बजे २७ श्रावण २०८० ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.