default_image

2 years ago

August 8, 2023

पावेलको आक्रामक ब्याटिङमा भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य

2820 views

0 Bookmark

एजेन्सी – कप्तान रोभम्यान पावेलको आक्रामक ब्याटिङमा घरेलु टोली वेस्टइन्डिजले तेस्रो टि२० आई खेलमा भारतलाई १ सय ६० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । गयानामा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनायो ।

वेस्टइन्डिजका कप्तान रोभम्यान पावेल १९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनमा नटआउट रहे । ओपनर ब्रेन्डन किंग ४२ बलमा ५ चौका र १ छक्कासहित ४२ रन बनाए ।

वेस्टइन्डिजलाई ओपनर कायल मेयर्स र ब्रेन्डन किंगले पहिलो विकेटका लागि ७.४ ओभरमा ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर अक्षर पटेलको बलमा मेयर्स ठूलो सटको धुनमा अर्शदीप सिंहबाट २५ रनमा क्याच आउट भए । मेयर्सले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

जोनसन चाल्र्सलाई कुलदीप यादवले १२ रनमा एलबीडब्लू आउट गरे । उच्च लयमा रहेका निकोलस पुरन स्पिनर कुलदीप यादवको १५ औं ओभरको पहिलो बलमा २० रनमा स्टम्पिङ आउट भए ।

पुरन १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै सन्जु स्यामसनबाट स्टम्पिङ आउट भएका थिए । त्यसै ओभरको पाँचौं बलमा ब्रेन्डन किंग ४२ रनमा कट एण्ड बोल्ड आउट भएका थिए । शिम्रन हेटमायर ८ बलमा १ चौकासहित ९ रनमा आउट भए ।

भारतका स्पिनर कुलदीप यादवले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । मुकेश कुमारले २ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । पाँच टि२० आई खेलको सिरिजमा वेस्टइन्डिज २–० ले अघि छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.