default_image

1 year ago

August 8, 2023

एसिया कप खेल्ने नेपालको सम्भावित टोली

11114 views

0 Bookmark

भुपेन्द्र जि.सी/काठमाडौं

नेपालले अर्को महिना आफ्नो क्रिकेट इतिहासकै सवैभन्दा ठूला टोली भारत र पाकिस्तानसँग खेल्दैछ । गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जितेपछि नेपालले एसिया कप खेल्न पाउने भएको हो ।

एसिया कपको लागि नेपालले श्रीलंकामा १५ दिनको तयारी गरेर स्वदेश फर्किएकोछ । नेपालले केहि दिन स्वेदशमा प्रशिक्षण गरेर पाकिस्तान जानेछ । भारत र पाकिस्तानसँग नेपालले कस्तो खेल्छ धेरैको लागि चाखको विषय बनेको छ । नेपालले अगष्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ ।

नेपालले गत फागुन यता आफ्नो टोलीमा खासै परिवर्तन गरेको छैन । एक दुई खेलाडी मात्रै टोलीमा आउने र जाने भएको छ । नेपालले आफ्नो अन्तिम १५ टोलीलाई निरन्तरता दिँदै आएको छ ।

प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेल खेलाडीलाई विश्वास दिलाउन खोजेका छन् । एसिया कपमा नेपाल जित भन्दा पनि आफ्नो उत्कृष्ट क्रिकेट विश्वलाई देखाउन चाहन्छ । नेपालले आफ्नो रणनीति, कन्डिसन र टिम सन्तुलनलाई ध्यानमा राख्दै अन्तिम टोली केहि दिनमा घोषणा गर्नेछ । नेपालको सम्भावित अन्तिम १५ सदस्य टोली यस प्रकार हुनसक्छ ।

ओपनर

कुशल भुर्तेल –

कुशल भुर्तेल नेपालका पहिलो रोजाईका ओपनर हुन् । उनीबाट नेपाल पावर प्लेमा उत्कृष्ट सुरुवात र त्यसपछि उक्त सुरुवातलाई ठूलो इनिङमा परिणत चाहन्छ ।

२६ वर्षीय उनले नेपालबाट ४४ ओडिआईमा १ शतक र ६ अर्धशतकसहित कुल ९ सय ८६ रन बनाएका छन् । प्रदर्शन जस्तो भएपनि उनी भारत र पाकिस्तानसँग दुबै खेलमा खेल्ने पक्का छ ।

आसिफ शेख :

नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई पहिलो रोजाईमा खेलाउनेछ । आसिफको भूमिका टोलीमा संयमित रुपमा रन जोड्ने र विकेट बचाउने हुनेछ ।

२२ वर्षीय उनले नेपालबाट ४१ ओडिआईमा १ शतक र ९ अर्धशतकसहित १ हजार १ सय ८७ रन बनाएका छन् । आसिफ नेपालको पहिलो रोजाईका विकेटकिपर हुन् । विकेटकिपरमा भने आसिफले केहि सुधार गर्नुपर्ने हुन्छ ।

शीर्षक्रम :

देव खनाल –

नेपालले तेस्रो नम्बरमा देव खनाललाई खेलाउने उच्च सम्भावना छ । नेपालले पछिल्लो समय भीम सार्कीलाई उक्त भूमिकामा खेलाएको थियो । ज्ञानेन्द्र मल्लले पनि सन्न्यास लिएका छन् । युवा ब्याटर देव खनाल प्राविधिक रुपमा उत्कृष्ट क्रिकेटर हुन् ।

उनीबाट नेपालले नै ठूलो आशा राखेको छ । देव आफ्नो उत्कृष्ट क्लासमा राम्रो रन बनाउनु पर्ने हुन्छ । १८ वर्षीय देवले नेपालबाट १० ओडिआईमा २ अर्धशतकसहित २ सय ५३ रन बनाएका छन् ।

भीम सार्की –

तेस्रो नम्बरमा देवपछि भीम सार्की त्यसका विकल्प हुन् । नेपालको ओडिआई मान्यता जोगाउन भीमले राम्रो प्रदर्शन गरेका थिए । भीम ओडिआई ब्याटरको रुपमा चिनिन्छन् । २१ वषीय भीमले नेपालबाट १७ ओडिआईमा ३ अर्धशतकसहित ४ सय ५२ रन बनाएका छन् । अन्तिम १५ मा भीमको स्थान पक्का जस्तै हुँदा पछिल्ला खेलको प्रदर्शनले प्लेइङ ११ मा भने केहि कठिन पर्ने देखिन्छ ।

मध्यक्रम ब्याटिङ

रोहित पौडेल :

कप्तान रोहित पौडेलले चौथो नम्बरमा खेल्नेछन् । रोहित नेपालका प्रमुख ब्याटर हुन् । कप्तानी जिम्मेवारी पनि रहनेछ । पछिल्लो समय रोहितले सर्ट र बाउन्सर बलमा संघर्ष गर्दै आएका छन् ।

राम्रो प्रदर्शनको लागि त्यो सुधार गर्नुपर्ने हुन्छ । नेपाल रोहितबाट कप्तानी इनिङ चाहन्छ । २० वर्षीय रोहितले नेपालबाट ५२ ओडिआईमा १ शतक र ८ अर्धशतकसहित कुल १४ सय ६९ रन बनाएका छन् ।

कुशल मल्ल :

कुशल मल्लले पाँचौं नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । बायाँ हाते ब्याटर कुशलको भूमिका विष्फोटक ब्याटिङ हुनेछ । कुशलले एसिया कपमा राम्रो गर्न सके आइपिएलसहित अन्य विश्वका विदेशी लिग खेल्ने सम्भावना खुल्न सक्छ ।

विष्फोटक ब्याटिङ गर्दा विकेट गुम्ने खतरा बढी हुन्छ । १९ वषीय कुशलले २७ ओडिआईमा १ शतक र ४ अर्धशतकसहित कुल ६ सय २६ रन बनाएका छन् ।

आरिफ शेख :

आरिफ शेखले छैटौं नम्बरमा ब्याटिङ गर्नेछन् । नेपालका ओडिआईका भरपर्दा ब्याटर हुन् । आसिफ बाउन्ड्री भन्दा डबल सिंगलमा बढी ध्यान दिन्छन् । उनले एक इनिङबाट डबल सिंगल रन जोड्दै अर्कोबाट आक्रामक खेल्ने भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

उनको प्रदर्शन नेपालको लागि ओडिआईमा सधैं महत्वपूर्ण हुनेछ । २५ वर्षीय आरिफले ४७ ओडिआई खेलमा ६ अर्धशतकसहित कुल ८ सय ७८ रन बनाएका छन् ।

अर्जुन साउद :

नेपालले दोस्रो विकेटकिपरको रोजाईमा अर्जुन साउदलाई खेलाउनेछ । अर्जुनले कुन नम्बरमा खेल्ने पक्का छैन । तर आसिफको विकल्पमा विकेटकिपरको रुपमा अन्तिम टोलीमा जाने उच्च सम्भावना छ । अर्जुन ओपनर, शीर्ष, मध्य र तल्लोक्रम कुनैपनि भूमिकामा खेल्न सक्छन् ।

अर्जुन उत्कृष्ट विकेटकिपिङको लागि चिनिन्छन् । नेपाली ब्याटरले सर्ट बलमा संघर्ष गर्दा अर्जुनले राम्रो सम्भावना देखाएका थिए । विकेटकिपिङ आसिफको भन्दा राम्रो हुँदा पहिलो रोजाईमा पनि खेल्न सक्छन् ।

तल्लोक्रम ब्याटिङ

गुलशन झा :

गुलशन झा नेपालका फिनिसर हुन् । विश्वकप छनोट र एसिसी इमर्जिङ कपमा गुलशनले टेस्ट टोलीविरुद्ध खुलेर रन बनाएका थिए । गुलशनको भूमिका ब्याटिङ अलराउन्डरको रुपमा हुनेछ । उनलाई टोलीले आक्रामक ब्याटिङको भूमिका दिनेछ ।

गुलशन तीव्र गतिका बलरमा तेस्रो रोजाईमा खेल्नेछन् । १७ वर्षीय गुलशनले २२ ओडिआई खेलमा २१ विकेट लिनुको साथै ३ अर्धशतकसहित कुल ४ सय ५२ रन बनाएका छन् । गुलशन नेपालको टोलीमा पर्नेमा पनि पक्का छ ।

दीपेन्द्रसिंह ऐरी :

नेपालको ब्याटिङमा निकै गहिराई छ । दीपेन्द्रले आठौं नम्बरमा खेल्दै फिनिसरको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । ग्लोबल टि२० क्यानडा खेलेर फर्किएको हुँदा उनीबाट झनै उत्कृष्ट ब्याटिङको अपेक्षा गर्नेछ ।

दीपेन्द्र अफ स्पिनर हुन् । दीपेन्द्र बलिङ र फिल्डिङ पनि त्यतिनै राम्रो गर्ने गर्दछन् । २३ वर्षीय दीपेन्द्रले ५० ओडिआई खेलमा १ शतक र ३ अर्धशतकसहित ८ सय ५७ रन बनाएका छन् । ३६ विकेट लिएका छन् ।

तीव्र गतिका बलर

सोमपाल कामी :

सोमपाल कामी नेपालका पहिलो रोजाईका तीव्र गतिका बलर हुन् । टोलीका सर्वाधिक अनुभवी बलर हुन् । सोमपालबाट नेपाल उत्कृष्ट सुरुवात चाहन्छ ।

२७ वर्षीय सोमपालले ४७ ओडिआई खेलमा ६३ विकेट लिनुको साथै ४ सय ७८ रन बनाएका छन् । उनी तल्लोक्रममा पनि त्यतिनै राम्रो ब्याटिङ गर्ने गर्दछन् । सोमपालले नवौं नम्बरमा ब्याटिङ गर्ने सम्भावना रहन्छ ।

करण केसी :

करण र सोमपालबाट नेपाल उत्कृष्ट सुरुवात चाहन्छ । करण केसी राम्रो लयमा पनि छन् । विश्वकप छनोटमा पावर प्लेमा करणले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यो लय नेपाल एसिया कपमा पनि चाहन्छ । ३१ वर्षीय करणले ४६ ओडिआईमा ३ सय ४९ रन बनाउनुको साथै ७३ विकेट लिएका छन् । करणले दशौं नम्बरमा ब्याटिङ गर्ने सम्भावना रहन्छ । करण क्लिनहिटका लागि चिनिन्छन् ।

प्रतिश जि.सी .

युवा बायाँ हाते बलर प्रतिश जि.सी एसिया कप टोलीमा हुने उच्च सम्भावना छ । उनी रणनीतिक हिसाबमा पनि टोलीमा पर्नेछन् । भारतीय खेलाडी बायाँ हाते बलरविरुद्ध संघर्ष गर्दा उनी त्यो रणनीतिमा खेल्न सक्छन् ।

प्लेइङ-११ मा मौका नपाएपनि अन्तिम १५ मा उनको सम्भावना उच्च छ । प्रतिशले तल्लोक्रममा ब्याटिङको क्षमता समेत राख्नेगर्दछन् । १९ वर्षीय प्रतिशले ३ ओडिआईमा २ विकेट लिएका छन् ।

स्पिनर :

सन्दीप लामिछाने :

सन्दीप नेपालका प्रमुख खेलाडी हुन् । सन्दीपबाट नेपालले ठूलो आशा राख्नेछ । आइपिएल देखी विश्वका सबै लिग र खेलाडीसँग खेलेको अनुभव सन्दीपमा छ । त्यो अनुभव टोलीमा देखाउनु पर्ने हुन्छ ।

उनको प्रदर्शनले अन्य खेलाडीको मनोबलमा समेत प्रमुख पार्नेछ । २३ वर्षीय सन्दीपले ४९ ओडिआई खेलमा १ सय ११ विकेट लिएका छन् । आवश्यक परे सन्दीपले तल्लोक्रममा राम्रो साझेदारी निर्वाह गर्न सक्छन् ।

ललित नारायण राजवंशी :

नेपालले ललित नारायण राजवंशीलाई दोस्रो स्पिनरको रुपमा खेलाउनेछ । ललित पावर प्लेमै राम्रो प्रदर्शन गर्दै आएका छन् । उनीबाट नेपाल पावर प्ले र मध्यक्रम दुबैमा राम्रो प्रदर्शन चाहन्छ । २४ वर्षीय ललितले २१ ओडिआई खेलमा २८ विकेट लिएका छन् । पछिल्लो समय राम्रो लयमा देखिएका छन् ।

एसिया कप खेल्ने नेपालको सम्भावित अन्तिम टोली

ब्याटर – आसिफ शेख (विकेटकिपर), आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, देव खनाल, अर्जुन साउद (विकेटकिपर) र रोहित पौडेल (कप्तान)

अलराउन्डर – कुशल मल्ल, गुलशन झा र दीपेन्द्रसिंह ऐरी

तीव्र गतिका बलर – सोमपाल कामी, करण केसी र प्रतिश जि.सी

स्पिनर – सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

September 19, 2024

झाले दिलाए ओमानी कप्तानको विकेट

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको हो २५औं ओभरको तेस्रो बलमा इल्यास गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । त्यसअघि ओमानका ओपनर कश्यप प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको […]

Success

Thank you for your time.