default_image

2 years ago

August 7, 2023

क्रिकेटमा के हो रिटायर्ड आउट ?

22927 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइतबार राती ग्लोबल टि२० क्यानडामा मोन्टरिएल टाइगर्सबाट फाइनलमा सर्रे जागुअर्सविरुद्ध रिटायर्ड आउट हुँदै मैदानबाट बाहिरिए । १८ औं ओभरसम्म ब्याटिङ गरेका उनले विपक्षी बलरले आउट नगरेपनि मैदान छाड्दै आन्द्रे रसललाई ब्याटिङ गर्न दिएका थिए । उनी आउट नभएपनि पेभेलिएन फर्किएका थिए ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सले १८ औं ओभरको अन्तिम बलमा दीपेन्द्रलाई रिटायर्ड आउट गर्ने निर्णय लिएको थियो । उक्त निर्णय लिएकोमा कप्तान क्रिस लिनले पछि दीपेन्द्रसँग माफी पनि मागेका थिए ।

दीपेन्द्रलाई रिटायर्ड आउट गर्दा टाइगर्सलाई १२ बलमा २५ रन जितको लागि चाहिएको थियो । दीपेन्द्रको स्थानमा आएका आन्द्रे रसेलले ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाउँदै जित पक्का गराए । दीपेन्द्र बाउन्ड्रीको लागि संघर्ष गर्दा टोलीले उक्त निर्णय लिदै रसेललाई पठाएको थियो ।

दीपेन्द्रको उक्त निर्णयपछि धेरैलाई रिटायर्ड आउट र हर्टबारे भ्रम सिर्जना भएको छ । रिटायर्ड आउट र हर्ट दुई फरक कुरा हो । रिटायर्ड हर्ट कुनैपनि खेलाडी ब्याटिङ गर्नेक्रममा घाइते भएमा, स्वास्थ्यमा समस्या देखिएमा वा विपक्षी टोलीले पनि स्वीकार्ने कुनै कारण मैदान बाहिर गएमा त्यो रिटायर्ड हर्ट हो । रिटायर्ड हर्ट भएको खेलाडी पुन: मैदान फर्केर ब्याटिङ गर्न पाउँछन् ।

केहि समय विश्राम वा उपचारपछि उक्त ब्याटर फिट हुन्छ भने क्रिजमा भएको एक ब्याटर आउट भएपछि पुन: आएर खेल्न पाउँछ । मैदान बाहिर गएको खेलाडीले पुन ब्याटिङ गर्न क्रिजमा भएको खेलाडी आउट हुनुपर्छ । यदि उक्त खेलाडी नवौं विकेट खसेपछि पनि ब्याटिङ गर्न आउन सक्दैन भने स्वत: आउट मानिन्छ ।

तर कुनै खेलाडी विना कारण ब्याटिङ गर्दागर्दै मैदान बाहिर जान्छ भने त्यसलाई रिटायर्ड आउट भनिन्छ । रिटायर्ड आउट भएको खेलाडी त्यस खेलमा पुन आएर खेल्न पाउँदैन । रिटायर्ड आउट टिमको आवश्यकता अनुसार लिइन्छ । रिटायर्ड आउट क्रिकेटमा प्राय दुई किसिमले लिइन्छ । यदि कुनै खेलाडीले टोलीले अपेक्षा गरे अनुसार खेल्न सकेन भने त्यसलाई रिटायर्ड आउट गर्दै अर्कोलाई मौका दिइन्छ ।

कहिले काही कुनै खेलाडीले एकैदमै राम्रो गरेको खण्डमा अर्को खेलाडीलाई मौका दिन आफै रिटायर्ड उट हुन सक्छ ।
कुनै ब्याटर विना कारण मैदान बाहिर जान्छ भने त्यो खेल्न पाउँदैन । रिटायर्ड हर्ट हुँदा अम्पायरलाई जानकारी दिनुपर्ने हुन्छ भने रिटायर्ड आउटका लागि खेलाडी आफैं मैदान बाहिर जान सक्छन् । अम्पायरलाई जानकारी नदिई गएमा आउट मानिन्छ । विश्व क्रिकेटमा यस्ता घटना थुप्रै हुने हुँदै आएका छन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सका रविचन्द्रन आश्विनले लखनऊ सुपर जायन्ट्सविरुद्ध आफैं रिटायर्ड आउट हुने निर्णय लिएका थिए । लखनऊविरुद्ध १९ औं ओभरको दोस्रो बलमा आश्विनले एक रन लिँदै रिटायर्ड आउट लिने निर्णय लिएका थिए ।

आश्विनले उक्त खेलमा २३ बलमा २ छक्कासहित २८ रन बनाउँदै रिटायर्ड आउट हुने निर्णय लिएका थिए । उनको स्थानमा रियान पराग खेलेका थिए । त्यो निर्णय आश्विनले टोलीसँग सल्लाह नगरी एक्लै लिएका थिए ।

आइपिएल २०२३ मा गुराज टाइटन्सका युवा ब्याटर साई सुदर्शनले दोस्रो क्वालिफायर खेलमा मुम्बई इन्डियन्सविरुद्ध रिटायर्ड आउट लिएका थिए । सुदर्शनले ३१ बलमा ५ चौका र १ छक्कासहित ४३ रन बनाउँदै १९ औं ओभरको अन्तिम बलमा रिटायर्ड आउट हुँदै राशिद खानलाई मौका दिएका थिए । उनले आफ्नो जिम्मेवारी पूरा गरेपछि अन्तिम ओभरमा भने ठूलो सट खेल्ने क्षमता भएका अर्का खेलाडीलाई मौका दिन त्यो निर्णय लिएका थिए ।

के घाइते भएको खेलाडीको स्थानमा अर्कोले ब्याटिङ गर्न पाउँछ ?

क्रिकेटमा कुनै खेलाडी फिल्डिङ र ब्याटिङ गर्नेक्रममा घाइते भएमा त्यसको स्थानमा अर्को खेलाडीले बलिङ वा ब्याटिङ गर्न पाउँदैन । तर ब्याटरले खेल्ने समयमा बलरले फालेको बल लागेर होश हराउने भएमा अर्को ब्याटरले खेल्न पाउँछ । यसलाई कन्कसन सब्स्टिच्युट भनिन्छ ।

धेरैजसो अवस्थामा ब्याटरको हेलमेट वा टाउकोमा बलले लाग्छ भने डाक्टरले उनलाई अनिवार्य जाँच गर्नुपर्ने हुन्छ । खेलाडी फिट भएपनि जाँच अनिवार्य हुन्छ । यदि उक्त खेलाडी सोही समय वा केहि समयपछि होस हराउने (कन्कसन) भएमा अर्को खेलाडीले आएर ब्याटिङ गर्न पाउँछ । त्यो अवस्थामा भने परिवर्तन भएका खेलाडी र नयाँ खेलाडीको भूमिका समान हुनुपर्छ (लाइक फर लाइक रिप्लेसमेन्ट) ।

२०२० डिसेम्बरमा भारतले पहिलो टि२० खेलमा अष्ट्रेलियाविरुद्ध युजभेन्द्र चहल र रविन्द्र जडेजा परिवर्तन भने आलोचना भएको थियो । उक्त परिवर्तनले भारतको नियतमाथि नै ठूलो प्रश्न उठेको थियो ।

चहल-जडेजा परिवर्तनमा भारतको नियतमाथि शंका

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.