default_image

1 year ago

August 7, 2023

दीपेन्द्र पहिलो सहभागीतामै च्याम्पियन

4375 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आफ्नो करिअरको पहिलो विदेशी लिगमै च्याम्पियन बनेका छन् । ग्लोबल टि२० क्यानडामा दीपेन्द्र सम्मिलित मोन्टरिएल टाइगर्सले सन्दीप लामिछाने सम्मिलित सर्रे जागुर्असलाई ५ विकेटले हराउँदै उपाधि जित्यो ।

दीपेन्द्रको यो करिअरको पहिलो विदेशी फ्रेन्चाइज लिग थियो । पहिलो फ्रेन्चाइज लिगमै दीपेन्द्र च्याम्पियन बन्न सफल भएका हुन् । प्रतियोगिताभर दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रभाव छोड्न सफल भए ।

प्रतियोगितामा दीपेन्द्र टाइगर्सको लागि सर्वाधिक रन बनाउने ब्याटरमा तेस्रो नम्बरमा रहे । दीपेन्द्रले ६ इनिङमा १ सय ४३ बल खेल्दा १ सय ४० रन बनाए । उत्कृष्ट प्रदर्शन २८ रहँदा स्ट्राइकरेट १०२.१४ र कुल १२ चौका प्रहार गरे ।

दीपेन्द्रले खेलमा दुई विकेट लिएका थिए । तल्लोक्रममा ब्याटिङ गरेका दीपेन्द्र रन भन्दापनि साझेदारी निर्वाहमा बढी ध्यान दिएका थिए । फिल्डिङ भने दीपेन्द्रको त्यतिनै उत्कृष्ट रह्यो ।

उता सन्दीप लामिछानेले प्रतियोगितामा ८ खेलमा ११ विकेट लिए । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा चौथो नम्बरमा रहे । सर्रेका तीव्र गतिका बलर म्याथ्यु फर्ड र भ्यानकुभेर नाइट्सका जुनैद सिद्धिकले समान १५ विकेट लिए । नाइट्सका रुवेन ट्रम्पलम्यान १३ र ब्राम्पटन वल्भसका लोगेन भान बीक १२ विकेट लिएका थिए ।

नेपालबाट हालसम्म सन्दीप लामिछाने, कुशल मल्ल, पारस खड्का, करण केसी, सोमपाल कामी र दीपेन्द्रले विदेशी लिग खेलेका छन् । २०१९ मा ग्लोबल टि२० क्यानडामा तीब्र गतिका बलर सोमपाल कामीले पहिलो प्रतियोगितामै विनिपेग हक्सबाट प्रतिनिधित्व गर्दै उपाधि जितेका थिए ।

महिलातर्फ रुबिना क्षेत्री र सीता रानामगरले फेयर ब्रेक टि२० क्रिकेट प्रतियोगिता खेलेका छन् । सीता पनि गतवर्ष पहिलो सहभागीतामै टोर्नाडोसबाट खेल्दै च्याम्पियन बनेकी थिइन् ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.