default_image

1 year ago

August 6, 2023

नाटकीय खेलमा भारतमाथि वेस्टइन्डिजको रोमान्चक जित

3557 views

0 Bookmark

एजेन्सी – नाटकीय खेलमा वेस्टइन्डिजले दोस्रो टि२० आई खेलमा भारतमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै घरेलु टोली वेस्टइन्डिजले पाँच खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ५३ रनको मध्यम विजयी लक्ष्य वेस्टइन्डिजले १८.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा विकेटकिपर निकोलस पुरनले ४० बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए ।

एक समय वेस्टइन्डिजलाई जितको लागि ३७ बलमा जितको लागि २७ रन चाहिँदा हातमा ६ विकेट थियो । तर चार विकेट मात्रै तीन रन जोड्दा गुमाएपछि खेलले नयाँ मोड र रोचक लिएको थियो ।

निकोलस पुरन मुकेश कुमारको १४ औं ओभरको अन्तिम बलमा सन्जु स्यामसनबाट क्याच आउट भए । वेस्टइन्डिज १२६–४ को अवस्थाबाट १२९–८ को कमजोर अवस्थामा पुगेको थियो । भारतलाई कप्तान हार्दिक पान्ड्याले पहिलो ओभरमै दुई विकेट उत्कृष्ट सुरुवात दिलाएका थिए ।

२–२ को अवस्थाबाट कायल मेयर्स ७ बलमा २ चौका र १ छक्कासहित १५ रनमा आउट भए । मेयर्स अर्शदीप सिंहको बलमा एलबीडब्लू आउट भए । त्यो समय वेस्टइन्डिज ३.४ ओभरमा ३२–३ को अवस्थामा थियो ।

चौथो विकेटका लागि रोभम्यान पावेल र निकोलस पुरनले ३७ बलमा ५७ रनको साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । पावेल १९ बलमा १ चौका र १ छक्कासहित २१ रनमा क्याच आउट भए ।

त्यो समय वेस्टइन्डिज ९.५ ओभरमा ८९–४ को अवस्थामा थियो । पाँचौं विकेटका लागि पुरन र शिम्रन हेटमायरले ३७ रनको साझेदारी गरेका थिए ।

हेटमायर २२ बलमा १ चौका र १ छक्कासहित २२ रनमा युजभेन्द्र चहलबाट एलबीडब्लू आउट भए । रोमारियो शेफर्ड शून्यमा रन आउट भए । जेसन होल्डर चहलको बलमा स्टम्पिङ आउट भए । अकिल हुसैन र अल्जारी जोशेफले २.५ ओभरमा २६ रनको अविजित साझेदारी नाटकीय हारबाट जोगाए ।

अकिल हुसैन १० बलमा २ चौकासहित १६ तथा अल्जारी जोशेफ ८ बलमा १ छक्कासहित १० रनमा नट आउट रहे । १६ ओभरमा १२९-८ को अवस्थाबाट हुसेन र जोशेफले जितसम्म पुर्याएका थिए ।

भारतका हार्दिक पान्ड्याले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंह र मुकेश कुमारले एक एक विकेट लिए ।

त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । पहिला ब्याटिङ रोज्ने निर्णय भारतको लागि फलदायी हुन सकेन ।

भारतका लागि आफ्नो दोस्रो खेल खेलेका तिलक बर्माले ४२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । विकेटकिपर ईशान किशन २३ बलमा २ चौका र २ छक्कासहित २७ रनमा आउट भए । ओपनर शुभमन गिल अल्जारी जोशेफको बलमा एज लागेर डिप मिडविकेटमा शिम्रन हेटमायरबाट ७ रनमा क्याच आउट भए । कायल मेयर्सले सूर्यकुमार यादवलाई एक रनमा उत्कृष्ट डाइरेक्ट थ्रोका साथ पेभेलिएन फर्काएका थिए ।

सूर्यको रन आउटपछि भारतीय खेलाडी दबाबमा परेका थिए । कुनैपनि ब्याटर खुलेर खेल्ने आँट गरेनन् । कप्तान हार्दिक पान्ड्या १८ बलमा २ छक्कासहित २४, सन्जु स्यामसन ७ र अक्षर पटेल १४ रनमा आउट भए । रवि विश्रोई ८ र अर्शदीप सिंह ६ रनमा नट आउट भए ।

वेस्टइन्डिजका स्पिनर अकिल हुसैनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले २ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । रोमारियो शेफर्डले ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

पहिलो खेलमा वेस्टइन्डिज चार रनले विजयी भएको थियो । तेस्रो खेल मंगलबार, चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.