1 year ago
August 6, 2023
एजेन्सी – भारतले ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि दोस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ । गयानामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।
भारतका तिलक बर्माले ४२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । ओपनर ईशान किशन २३ बलमा २ चौका र २ छक्कासहित २७ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर शुभमन गिल अल्जारी जोशेफको बलमा एज लागेर डिप मिडविकेटमा शिम्रन हेटमायरबाट ७ रनमा क्याच आउट भए । कायल मेयर्सले सूर्यकुमार यादवलाई एक रनमा उत्कृष्ट डाइरेक्ट थ्रोका साथ पेभेलिएन फर्काएका थिए ।
त्यसपछि भारतीय ब्याटरले खुलेर खेल्न सकेनन् । कप्तान हार्दिक पान्ड्या १८ बलमा २ छक्कासहित २४, सन्जु स्यामसन ७ र अक्षर पटेल १४ रनमा आउट भए । रवि विश्रोई ८ र अर्शदीप सिंह ६ रनमा नट आउट भए ।
वेस्टइन्डिजका अकिल हुसैनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले २ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । रोमारियो शेफर्डले ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।
पाँच खेलको सिरिजमा वेस्टइन्डिज १-० ले अघि छ । पहिलो खेलमा वेस्टइन्डिज चार रनले विजयी भएको थियो ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]