default_image

2 years ago

August 6, 2023

नेपाली महिला क्रिकेटमा पहिलो पटक विदेशी प्रशिक्षक!

1059 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय पूर्व क्रिकेटर देवीका पाल्शिकर नेपाली महिला क्रिकेट टोलीमा प्रशिक्षकको रुपमा काम गर्ने पहिलो विदेशी प्रशिक्षक बनेकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगमी महिना मलेसियामा हुने आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको लागि देवीकालाई ब्याटिङ प्रशिक्षकको रुपमा लिएको हो ।

देवीका शनिबार नेपाल आइपुगेकी थिइन् । आइतबार उनले टियु मैदानमा पुगेर खेलाडीलाई प्रशिक्षण दिएकी थिइन् । क्यानले एसिया क्षेत्र छनोटको लागि २४ सदस्य टोली प्रशिक्षणमा बोलाएको छ । उनले बिहान इन्डोरमा खेलाडीलाई प्रशिक्षण दिएकी थिइन् ।

उनले भारतबाट १ टेस्ट र १५ ओडिआई खेल खेलेकी छिन् । भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) यस पटक देखी आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा उनी मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकको भूमिकामा काम गरेकी थिइन् । उनको ब्याटिङ प्रशिक्षकमा मुम्बईले डब्लूपिएलको उपाधि जितेको थियो ।

भारतीय नेशनल क्रिकेट एकेडेमी (एनसिए) मा पनि उनले काम गरेको अनुभव छ । नेपाली महिला क्रिकेट इतिहासमा यसअघि कुनैपनि भूमिकामा विदेशी प्रशिक्षक आएका थिएनन् । स्वदेशी प्रशिक्षकबाट नै काम चलाउँदै आएको थियो । नेपालले सन् २००७ देखी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेपनि हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय उपाधि जितेको छैन ।

पछिल्लो समय महिला टोलीको प्रशिक्षकको रुपमा विनोद दास, जगत टमाटा र स्यामसन जंग थापाले काम गरेका थिए । स्यामसन जंग थापा वर्तमान समयमा महिला टोलीको मुख्य प्रशिक्षक हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य प्रशिक्षक समेत रहेका स्यामसनको प्रशिक्षणमा नेपालले पछिल्लो समय प्रशिक्षण गर्दै आएको छ ।

दुई महिना अघि थाईल्यान्डले भिसाको कारण नाम फिर्ता लिएपछि हङकङमा गएर नेपालले एसिसी वुमन्स टि२० इमर्जिङ टिम्स एसिया कप खेलेको थियो । त्यसअघि नेपालले मलेसियासँगको पाँच महिला टि२० आई खेलको सिरिज ३-२ ले जितेको थियो । महिला टोलीले ब्याटिङमा खराब प्रदर्शन गर्दैछ । त्यसैले विश्वकप छनोट अघि भारतीय देवीकालाई ल्याउने निर्णय गरेको हो ।

आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोट मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

ग्लोबल महिला टि२० विश्वकपमा आयोजक श्रीलंका र आयल्यान्डसँगै पाँच क्षेत्रिय छनोटबाट आउने आठ टोली गरि कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले बंगलादेशमा हुने विश्वकप खेल्न पाउनेछन् ।

देवीकासँग हाम्रो खेलकुदको विशेष कुराकानी हेर्नुहोस् :

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

Success

Thank you for your time.