default_image

1 year ago

August 5, 2023

देवीका नेपाली महिला टोलीको ब्याटिङ प्रशिक्षक

3135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) ( भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकर राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा नेपाल आउने भएकी छिन् । नेपालले अगष्ट र सेप्टेम्बरमा मलेसियामा हुने आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोटको लागि देविकालाई ब्याटिङ प्रशिक्षकको रुपमा ल्याउने भएको छ ।

क्यान स्रोतका अनुसार उनी आज नै नेपाल आउँदैछिन् । नेपालले २४ सदस्य टोली बन्द प्रशिक्षणमा यसअघि नै बोलाई सकेको छ । महिना राष्ट्रिय खेलकुद परिषद् (राखेप) का स्यामसन जंग थापाले महिला टोलीको मुख्य प्रशिक्षकको रुपमा हेर्दै आएका छन् ।

देविकाले भारतबाट एक महिला टेस्ट र १५ महिला ओडिआई खेल खेलेकी छिन् । उनी गतवर्ष भारतीय क्रिकेट बोर्ड बिसिसिआईले आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपिएल)मा मुम्बई इन्डियन्सको महिला टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा समेत काम गरेकी थिइन् ।

नेपालले पहिलो पटक विदेशबाट नेपाली महिला क्रिकेटरलाई प्रशिक्षक लिएको थियो । यसअघि कुनैपनि भूमिकामा विदेशी प्रशिक्षकले नेपाली महिला क्रिकेट टोली हेरेका थिएनन् ।

प्रतियोगिता मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

ग्लोबल महिला टि२० विश्वकपमा आयोजक श्रीलंका र आयल्यान्डसँगै पाँच क्षेत्रिय छनोटबाट आउने आठ टोली गरि कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले बंगलादेशमा हुने विश्वकप खेल्न पाउनेछन् ।

२०२४ को महिला टि२० विश्वकप बंगलादेशमा हुनेछ । बंगलादेशमा हुने विश्वकपमा गतवर्ष दक्षिण अफ्रिकामा सम्पन्न महिला टि२० विश्वकपका शीर्ष ६ टोली दक्षिण अफ्रिका, अष्टेलिया, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड र वेस्टइन्डिज सोझै छनोट भएका थिए। पाकिस्तान वरियताको आधारमा विश्वकपमा पुगेको थियो । बंगलादेश आयोजक हुँदा स्वत छनोट भएको छ । आठ टोलीले विश्वकपमा स्थान बनाई सकेका छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.