default_image

1 year ago

August 1, 2023

मलेसिया टि२० विश्वकप छनोट खेल्न नेपाल आउने

407 views

0 Bookmark

एजेन्सी – मलेसियाले आइसिसी टि२० विश्वकप एसिया क्षेत्रिय छनोट बी को उपाधि जित्दै नेपाल आउने भएको छ । घरेलु टोली मलेसियाले बी क्षेत्रीय छनोटको उपाधि जितेसँगै आइसिसी विश्वकप एसिया छनोट फाइनल खेल्न नेपाल आउने पक्का भएको हो ।

मलेसियाले अन्तिम खेलमा थाईल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । जितको लागि ९४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर सैयद अजिजले ३२ बलमा ६ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्ड १८.२ ओभरमा ९३ रनमा अल आउट भएको थियो । थाईल्यान्डका कप्तान अक्षय कुमार यादवले सर्वाधिक २३ रन बनाए । मलेसियाका विजय उन्नीले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । खिजार हायत र पवनदीप सिंहले समान दुई विकेट लिए ।

मलेसिया ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहँदै छनोट भएको हो । थाईल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । प्रतियोगितामा मलेसिया, थाईल्यान्ड, भुटान, चीन र म्यानमार थिए ।

प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा भएको थियो । आगमी अक्टोबर ३० देखी नोभेम्बर ९ सम्म हुने एसिया फाइनल छनोटमा आयोजक नेपाल, मलेसिया, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्री छनोट ए बाट आउने एक टोली हुनेछन् ।

एसिया क्षेत्रीय छनोट आगमी सेप्टेम्बरमा कतारमा हुनेछ । उक्त छनोटमा कतार, कुवेत, माल्दिभ्स र साउदी अरेविया छन् । विजेता टोली विश्वकप छनोट खेल्न नेपाल आउने छ । नेपालमा हुने विश्वकप छनोटबाट शीर्ष दुई टोली आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.