default_image

1 year ago

July 31, 2023

नाटकीय पूनरागमनसँगै इंग्ल्यान्डको रोमान्चक जित

224 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले द एसेजको अन्तिम तथा पाँचौं खेलमा अष्ट्रेलियामाथि नाटकीय रुपमा पूनरागमन गर्दै ४९ रनको रोमान्चक जित हात पारेको छ । योसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा सकिएको छ । तर साविक विजेता हुँदा अष्ट्रेलियाले द एसेज ट्रफी भने यस अघि नै रक्षा गरेको थियो ।

जितको लागि ३ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया पाँचौं दिन अन्तिम सेसनमा ३ सय ३४ रनमा अल आउट भयो । अष्ट्रेलियाका ओपनर उस्मान खवाजाले १ सय ४५ बलमा ८ चौकासहित ७२ रनमा आउट भए । त्यस्तै अर्का ओपनर डेविड वार्नर १ सय ६ बलमा ९ चौकासहित ६० रनमा आउट भए ।

अष्ट्रेलियालाई ओपनर वार्नर र उस्मान खवाजाले ४१.२ ओभरमा १ सय ४० रनको शतकीय साझेदारी गर्दै सहज जितको सम्भावना देखाएका थिए । वार्नर तीव्र गतिका बलर क्रिस वोक्सको बलमा जोनी बेयरस्टोबाट क्याच आउट भए । वोक्सले उस्मान खवाजालाई पनि एलबीडब्लू आउट गरे ।

मार्क वुडले मार्नस लाबुसेनलाई १३ रनमा क्याच आउट गराएपछि १६९–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि ट्रविस हेड र स्टिभ स्मिथले ९५ रनको साझेदारी गरेपछि अष्ट्रेलिया सहज जिततर्फ अघि बढेको थियो । एक समय अष्ट्रेलिया ३६४–३ को बलियो अवस्थामा थियो ।

वर्षाको कारण दोस्रो सेसन हुन सकेको थिए । तर तेस्रो सेसनमा अष्ट्रेलियाले नाटकीय रुपमा विकेट गुमाउन पुगेको थियो । स्पिनर मोईन अलीले हेडलाई ४३ रनमा फस्ट स्लिपमा जो रुटबाट क्याच आउट गराए । उनले ७० बलमा ६ चौका प्रहार गरे ।

अर्को ओभरमा क्रिस वोक्सले स्टिभ स्मिथलाई ५४ रनमा सेकेन्ड स्लिपमा ज्याक क्रलीबाट क्याच आउट गराए ।

मिचेल मार्श ६, मिचेल स्टार्क शून्य र प्याट कमिन्स ९ रनमा आउट भएपछि इंग्ल्यान्ड खेलमा हाबी बनेको थियो । मिचेल मार्श मोईन अलीको बलमा विकेटकिपर जोनी बेयरस्टोबाट उत्कृष्ट क्याचको शिकार हुन पुगेका थिए ।

आफ्नो अन्तिम टेस्ट खेल खेलेका स्टुअर्ट बोर्डले एलेक्स केरीलाई २८ रनमा जोनी बेयरस्टोबाट क्याच गराउँदै जित पक्का गराए । बोर्डले जित र विकेटका साथ आफ्नो करिअर सकाएका छन् । इंग्लयान्न्डका क्रिस वोक्सले सर्वाधिक चार विकेट लिए । मोईन अलीले तीन र स्टुअर्ट बोर्डले दुई विकेट लिए ।

इंग्ल्यान्ड दोस्रो इनिङमा ३ सय ९५ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा खेलमा १२ रनले पछि हुँदा समग्रमा ३ सय ८३ रनको अग्रता लिएको थियो ।

इंग्ल्यान्डका जो रुटले १ सय ६ बलमा ११ चौका र १ छक्कासहित ९१ रनको योगदान दिए । ओपनर ज्याक क्रली ७६ बलमा ९ चौकासहित ७३ तथा बेन डकेट ५५ बलमा ७ चौकासहित ४२ रनमा आउट भए ।

बेन स्टोक्सले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ६७ बलमा ३ चौका र १ छक्कासहित ४२, ह्यारी ब्रुक ७, मोईन अली २९, क्रिस वोक्स १ र मार्क वुड ९ रनमा आउट भए ।

जोनी बेयरस्टोले १ सय ३ बलमा ११ चौकासहित ७८ रनको योगदान दिए । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क र स्पिनर टोड मर्फीले समान ४-४ विकेट लिएका थिए ।

त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा २ सय ९५ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले १ सय २३ बलमा ६ चौकासहित सर्वाधिक ७१ रनको योगदान दिए । अन्य ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् ।

इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक तीन विकेट लिएका थिए । स्टुअर्ट ब्रोड, मार्क वुड र जो रुटको नाममा समान दुई विकेट रह्यो ।

त्यसअघि द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड मात्रै ५४.४ ओभरमा २ सय ८३ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले ९१ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेलेका थिए ।

अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि हुँदै एशेज ट्रफी रक्षा गर्न सफल भई सकेको छ । अष्ट्रेलिया पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४३ रनले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो ।

चौथो खेल वर्षाको कारण बराबरीमा रोकिएको थियो । चौथो खेलमा इंग्ल्यान्डले पहिलो इनिङमै २ सय ७५ रनको विशाल अग्रता लिएपनि वर्षाको कारण चौथो र पाँचौं दिन लगातार वर्षाको कारण खेल हुन सकेको थिए । त्यसैको कारण एसेज जित्ने सपना अधुरो बनेको थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.