default_image

1 year ago

July 31, 2023

पूरनको विष्फोटक शतकसँगै एमआई न्यूयोर्क च्याम्पियन

310 views

0 Bookmark

एजेन्सी – कप्तान निकोलस पुरनको विष्फोटक शतकसँगै एमआई न्यूयोर्कले मेजर लिग क्रिकेटको उपाधि जितेको छ । सोमबार फाइनलमा न्यूयोर्कले सिएटल ओर्कासलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।

आइपिएलको मुम्बई इन्डियन्सको लगानीमा भएको न्यूयोर्कलाई च्याम्पियन बनाउन पूरनले एक यादगार इनिङ खेले । जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको न्यूयोर्कले १६ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

कप्तान निकोलस पुरनले ५५ बलमा १० चौका र १३ छक्कासहित १ सय ३७ रनमा नट आउट रहे । डेवाल्ड ब्रेभिस २० र टिम डेविड १० रन बनाए ।

पुरनले एक समय ३१ बलमै ९० रन बनाएका थिए । शतक सम्म पुग्न भने उनले केहि समय लगाएका थिए । शतक पूरनले ४० बलमा पूरा गरेका थिए ।

त्यसअघि डल्लासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओर्कासले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो ।

ओपनर क्विन्टन डि ककले ५२ बलमा ९ चौका र ४ छक्कासहित ८७ रनको इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

न्यूयोर्कका लागि राशिद खानले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.