2 years ago
July 31, 2023
एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडामा टोरोन्टो नेशनललाई डकवर्थ लेविस पद्धतिको आधारमा २३ रनले हराएको छ । दीपेन्द्रको टोली शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने पनि पक्का भएको छ ।
वर्षाको कारण खेल प्रभावित हुँदै ६–६ ओभरको मात्रै भएको थियो । त्यसैको कारण दीपेन्द्रले प्लेइङ ११ मा भएपनि बलिङ र ब्याटिङ दुबै गर्ने अवसर पाएनन् । ओन्टारियोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मोन्टरियलले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ७७ रन बनायो ।
युएईका कप्तान समेत रहेका ओपनर मोहम्मद वासिमले १३ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाएका थिए । कप्तान क्रिस लिनले १८ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहे । शेर्फान रदरफोर्ड ७ रनमा आउट भए ।
जितको लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको टोरोन्टोले ६ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनायो । जेजे स्मित १६, ड्यारेन ब्राभो १५, सिकन्दर राजा ७ र हम्जा ताहिरले १० रन जोडे ।
मोन्टरिएल ६ खेलमा ४ मा जित र १ मा हारसहित ९ अंकका साथ शीर्ष स्थानमा छ । प्लेअफमा पनि स्थान बनाएको छ । अन्तिम खेल भोली राती भ्यानकुभेर नाइट्ससँग खेल्नेछ । उता सन्दीप सम्मिलित सर्रे जागुअर्स ५ खेलमा २ मा जित र १ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ ।
सर्रेले भने दुई खेल खेल्न बाँकी छ । सर्रेले आज साँझ ब्रेम्पटन वल्भससँग खेल्नेछ । सर्रेले भोली साँझ अन्तिम खेल मिसियौगा प्यान्थर्सससँग खेल्नेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]