default_image

2 years ago

July 28, 2023

इंग्ल्यान्ड पहिलो दिनमै अल आउट

334 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इंग्ल्यान्ड विश्व प्रतिष्ठित एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो दिननै अल आउट भएको छ । द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड मात्रै ५४.४ ओभरमा २ सय ८३ रनमा अल आउट भयो ।

आफ्नो आक्रामक शैलीलाई निरन्तरता दिएको इंग्ल्यान्ड मिचेल स्टार्क र जोश हेजलवुडको गति सामु धेरै समय क्रिजमा टिक्न सकेन । इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले ९१ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेले ।

ओपनर ज्याक क्रली २२ र बेन डकेट ४१ बलमा ३ चौकासहित ४१ रनमा आउट भए । मोईन अलीले ४७ बलमा ३ चौका र २ छक्कासहित ३४, जो रुट ५, बेन स्टोक्स ३ र जोनी बेयरस्टो ४ रनमा आउट भए । रुट र जोनी बेयरस्टोलाई जोश हेजलवुड र स्टोक्सलाई मिचेल स्टार्कले बोल्ड आउट गरेका थिए ।

यी मध्यक्रमका प्रमुख तीन ब्याटर चल्न नसकेपछि पहिलो दिननै अल आउट हुन पुगेको हो । तल्लोक्रमका मार्क वुड २८ र क्रिस वोक्सले ३६ रनको योगदान दिए ।

अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुड र टोड मर्फीले समान दुई विकेट लिए । अष्ट्रेलिया २५ ओभरमा ६१–१ को अवस्थामा पहिलो दिनको खेल सकिएको छ ।

उस्मान खवाजा ७५ बलमा २६ र मार्नस लाबुसेन २३ बलमा २ रनमा क्रिजमा छन् । डेविड वार्नर २५ रनमा क्याच आउट भए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि हुँदै एशेज ट्रफी रक्षा गर्न सफल भई सकेको छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.