1 year ago
July 27, 2023
एजेन्सी – पाकिस्तानले दोस्रो टेस्ट खेलमा घरेलु टोली श्रीलंकालाई २ सय २२ रनको इनिङ अन्तरले हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३/२५ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । यो सँगै पाकिस्तानले दुई टेस्ट खेलको सिरिजमा पनि क्लिनस्विप गरेको छ ।
दोस्रो इनिङमा श्रीलंका मात्रै १ सय ८८ रनमा अल आउट भयो । श्रीलंकाका अनुभवी ब्याटर एन्जिलो म्याथ्युजले १ सय २७ बलमा ७ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । ओपनर निशान मदुशका ३३, दिमुथ करुणारत्ने ४१ र कुशल मेन्डिसले १४ रन बनाए ।
पाकिस्तानका स्पिनर नौमान अलीले २३ ओभरमा ७० रन खर्चेर सर्वाधिक ७ विकेट लिए । नसिम शाहले तीन विकेट लिए ।
पाकिस्तानले पहिलो इनिङमा ५७६-५ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पाकिस्तानको जितमा अब्दुल्लाह शफिकले ३ सय २६ बलमा १९ चौका र ४ छक्कासहित २ सय १ रनको दोहोरो शतकीय इनिङ खेले । उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए ।
उनको यो करिअरको पहिलो अन्तर्राष्ट्रिय दोहोरो शतक समेत हो । अघा सलमान १ सय ५४ बलमा १५ चौका र १ छक्कासहित १ सय ३२ रनमा अविजित छन् । मोहम्मद रिजवान ६७ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा नट आउट रहे ।
ओपनर इमाम उल हक ६, शन मकसुद ५१, बाबर आजम ३९ र साउद सकिल ५७ रनमा आउट भए । शरफराज अहमद भने १४ रनमा कन्कसनको कारण रिटायर्ट आउट भए । उनलाई असिथा फ्रेनान्डाको बाउन्सर बलले हेलमेटमा लागेको थियो ।
उनी खेल्न नसकेपछि महम्मद रिजवानले खेल्ने अवसर पाएका थिए । श्रीलंकाका तीव्र गतिका बलर असिथा फ्रेनान्डोले तीन र प्रभाथ जयसूर्याले दुई विकेट लिएका थिए ।
त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिन दोस्रो सेसनमा ४८।४ ओभरमा १ सय ६६ रनमा अल आउट भएको थियो । श्रीलंकाका धनन्जय डि सिल्भाले ६८ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाएका थिए ।
पाकिस्तानका स्पिनर अब्रार अहमदले सर्वाधिक चार विकेट लिए । नसिम शाहले तीन र शाहिन शाह अफ्रिदीले एक विकेट लिए । पहिलो खेलमा पाकिस्तान ४ विकेटले विजयी भएको थियो ।
पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा २ खेलमा २४ प्वाइन्ट र शतप्रतिशत विजयी अंकका साथ शीर्ष स्थानमा छ । २ खेल खेलेको भारतको १६ अंक हुँदा ६६ विजयी प्रतिशत छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]