default_image

1 year ago

July 26, 2023

नेपालको मध्यम ब्याटिङ प्रदर्शन, अर्जुनको अर्धशतक

274 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर अर्जुन साउदको अर्धशतकमा नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबविरुद्ध मध्यम प्रदर्शन गरेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २६ ओभरमा २ विकेट गुमाउँदै १ सय ११ रन बनाएको छ । नेपालका लागि अर्जुन साउद ७९ बलमा ५३ रनमा क्रिजमा छन् । उनलाई सन्दीप जोराले १९ बलमा २४ रन बानाउँदै साथ दिएका छन् ।

नेपाललाई ओपनर अर्जुन साउद र देव खनालले १०.५ ओभरमा ३८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । देव खनाल ३४ बलमा २२ रनमा आउट भए । दोस्रो विकेटका लागि अर्जुन साउद र गुलशन झाले ३७ रनको साझेदारी गरेका थिए । गुलशन २५ बलमा ९ रन बनाउँदै आउट भए ।

त्यसपछि सन्दीप जोरा र अर्जुन साउदले ३६ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका छन् । नेपाल एसिया कपको तयारीको लागि श्रीलंकामा छ । श्रीलंकाको १५ दिनको तयारीमा नेपालले स्थानीय चार टोलीसँग अभ्यास खेल खेल्नेछ । यो पहिलो अभ्यास खेल हो ।

नेपालको प्लेइङ ११ :

अर्जुन साउद, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, गुलशन, सोमपाल कामी, पवन सरार्फ, करण केसी, प्रतिश जि.सी, किशोर महतो र सूर्य तामा ङ ।

ब्लुमफिल्डको प्लेइङ ११ :

अशान फ्रेनान्डो, सादुन विराकोडी, हर्षिथा बोयागोडा, मानेल्कार डि सिल्भा, चमान्ता मिलशारा, गजिथा कोटुवेगोडा, मलिन्डा परेरा, अदीशा, निमेश थारुणु, दिनेश मराविक्रमा र सेनुरा सिल्भा ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.