default_image

1 year ago

July 25, 2023

मुन्शेको सानदार शतकमा स्कटल्यान्डको कीर्तिमानी जित

132 views

0 Bookmark

एजेन्सी – ओपनर जर्ज मुन्शेको सानदार शतकमा स्कटल्यान्डले आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटमा अष्ट्रियामाथि १ सय ६६ रनको कीर्तिमानी जित हात पारेको छ । लगातार चौथो जितका साथ स्कटल्यान्डले आगमी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकपमा स्थान बनाउन अव एक जित मात्रै टाढा छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३२ रन बनायो । स्कटल्यान्डका जर्ज मुन्शेले ६१ बलमा १५ चौका र ६ छक्कासहित १ सय ३२ रनको शतकीय इनिङ खेले । यो स्कटल्यान्डबाट टि२० आईमा एकै खेलमा एक ब्याटरले खेलेको उच्च प्रदर्शन हो ।

यसअघि जर्ज मुन्शे र ओली हरिसले समान १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए । मुन्शेले २०१९ मा नेदरल्यान्ड्स र ओली हरिसले एक दिन अघि इटालीविरुद्ध समान १ सय २७ रनमा अविजित इनिङ खेलेका थिए ।

यो स्कटल्यान्डले टि२० आईमा रनको हिसाबमा जितेको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि एकदिन अघि मात्रै इटालीविरुद्ध १ सय ५५ रनको फराकिलो जित हात पारेको थियो ।

ओली हरिस २३, ब्रेन्डन म्याकमुलेन २८ र रिची बेरिंग्टनले ४० रन बनाए । अष्ट्रियाका अब्दुल्लाह अकबर्जनले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

जितका लागि २ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रिया १६.३ ओभरमा ६६ रनमा अल आउट भयो । उसका लागि जावेद सर्दानले सर्वाधिक १५ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डका माइकल लिस्कले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । शफ्यान शरिफ, गेभिन मेन र क्रिस ग्रभ्सले समान दुई विकेट लिए । स्कटल्यान्ड ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ ।

स्कटल्यान्डले अव डेनमार्कसँग बिहीबार र शुक्रबार आयरल्यान्डसँग खेल्नेछ । एक खेलमा विजयी भएमा विश्वकपमा पुग्नेछ । आयरल्यान्ड ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छन् । प्रतियोगितामा स्कटल्यान्ड, आयरल्यान्ड, जमर्नी, जर्सी, डेनमार्क, इटाली र अष्ट्रिया छन् । शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.