1 year ago
July 25, 2023
एजेन्सी – वेस्टइन्डिजका मध्यक्रमका बायाँ हाते ब्याटर शिम्रन हेटमायर दुई वर्षपछि ओडिआई टोलीमा फर्किएका छन् । वेस्टइन्डिजले भारतसँग घरेलु मैदानमा खेल्ने तीन ओडिआई खेलको सिरिजको लागि हेटमायरलाई टोलीमा बोलाएको हो ।
गतवर्ष टि२० विश्वकपमा लगातार दोस्रो पटक रद्द गरेपछि वेस्टइन्डिजले उनलाई टोलीबाट हटाउने निर्णय लिएको थियो । त्यसपछि उनलाई वेस्टइन्डिजले कुनैपनि खेलमा मौका दिएको थिएन ।
उनी फर्किदा मध्यक्रम ब्याटिङ मजबुत बन्न सक्छ । हेटमायरले ४७ ओडिआई खेलमा ५ शतक र ४ अर्धशतकसहित कुल १ हजार ४ सय ४७ रन बनाएका छन् । वर्तमान टोलीका उनी भरपर्दा मध्यक्रमका ब्याटर समेत हुन् ।
भारतविरुद्ध हेटमायरको ओडिआईमा प्रदर्शन धेरै राम्रो छ । २०१९ मा चेन्नईमा भारतलाई पहिलो ओडिआई खेलमा ८ विकेटले हराउन हेटमायरले १ सय ६ बलमा ११ चौका र ७ छक्कासहित १ सय ३९ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
उनले भारतविरुद्ध १२ ओडिआई खेलमा २ शतक र १ अर्धशतकसहित कुल ५ सय रन बनाएका छन् । वेस्टइन्डिजका विकेटकिपर निकालेस पुरन र जेसन होल्डर भने भारतविरुद्ध खेलको लागी उपलब्ध नै थिएनन् । भारतसँगको सिरिजमा पुरन र होल्डर हुने छैनन् । पुरनले अमेरिकाको मेजर लिग क्रिकेट मुम्बई न्यूयोर्कबाट खेल्दै आएका छन् ।
तीव्र गतिका बलर ओशान थोमस पनि वेस्टइन्डिजको टोलीमा फर्किएका छन् । उनी २०२० पछि ओडिआई टोलीमा फर्किएका हुन् । वेस्टइन्डिजले अघिल्लो महिना विश्वकप छनोटमा खराब प्रदर्शन गर्दै आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने अवसर गुमाएको थियो ।
युवा तीव्र गतिका बलर जयडेन सिल्स र बायाँ हाते डोमानिक ड्रेक्सलाई पनि टोलीमा समेटेको जनाएको छ । भारत र वेस्टइन्डिजबीच तीन आडिआई खेल २७, २९ जुलाई र १ अगष्टमा हुनेछ । त्यसपछि पाँच टि२० आई खेलको सिरिज हुनेछ । दुई टेस्ट खेलको सिरिज वेस्टइन्डिजले १–० ले गुमाउन पुगेको थियो ।
वेस्टइन्डिजको टोली :
शाई होप (कप्तान), रोभम्यान पावेल, एलिक एथानाज, यानिक कारिह, केसी कार्टी, डोमिनिक ड्रेक्स, शिम्रन हेटमायर, अल्जारी जोशेफ, ब्रेन्डन किंग, कायल मेयर्स, गुडाकेश मोती, जयडेन शेल्स, रोमारियो शेफर्ड, केभिन सिन्क्लेयर र ओशान थोमस ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]