2 years ago
July 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आगमी नोभेम्बरमा नेपालमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि टेस्ट टोलीसँग सिरिज खेल्ने तयारी गरेको छ ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले विश्वकप छनोट अघि टियुमा नेपालले सिरिज खेल्ने तयारी गरेको हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।
‘हामीले टि२० विश्वकपको लागि मैदानको तयारी गरेका छौं । आइसिसीले मैदानको फोटो पठाउन भनेको छ । हामीले मुलपानी माथिल्लो मैदानमा काम गरेका छौं । अहिले पानीले गर्दा धेरै काम गर्न सकिने अवस्था छैन’, पाठकले विश्वकप छनोटको तयारी बारे हाम्रो खेलकुदसँग भने ।
नेपालले पछिल्लो एक वर्षदेखी लगातार ओडिआई खेल खेल्दै आएको छ । त्यसैले टि२० शैलीमा आउन कठिन पर्नसक्छ । त्यसैले क्यानले एउटा सिरिज गर्ने तयारी गरेको बताउँछन् ।
‘हामी एउटा सिरिज गर्दै छौं । एउटा कुनै टेस्ट टोली बोलाएर नै टियुमा सिरिज खेल्छौं । त्यसको लागि जिम्बावे र वेस्टइन्डिजसँग कुरा भएको छ । श्रीलंका, बंगलादेश, पाकिस्तानसँग कुरा गरेका छौं । जिम्बावेले सिनियर टोली नै पठाउने हामीलाई बताएको छ’, पाठकले हाम्रो खेलकुदसँग भने ।
पाठक उनीहरुको पनि तालिका मिलेपछि कुन टोली आउने बताउँछन् । ‘जिम्बावे र वेस्टइन्डिज नेपाल आउन तयार छन् । तर कहिले आउने भन्ने उनीहरुको पनि तालिका मिल्नुपर्यो । तत्काल हामी भ्याउदैनौं । हाम्रो टोली ब्यस्त छ’, उनले भने ।
नेपालले भदौंपछि मात्रै सिरिज खेल्नेछ । भदौंसम्म वर्षाको कारण खेल्न कठिन पर्दछ । विश्वकप छनोट नेपालमा हुँदा विदेशी भूमिमा खेलेर काम पनि हुँदैन । नेपालले विश्वकप छनोट नोभेम्बरमा आयोजना गर्नेछ ।
विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल, हङकङ, युएई, ओमान, सिंगापुर, बहराइन र क्वालिफायर ए र बी बाट आउने दुई टोली हुनेछन् । एसिया छनोट ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् । एसिया छनोट बी मा भुटान, चीन, मलेसिया, म्यानमार र थाईल्यान्डछन् । क्वालिफायर ए र बी का विजेता टोली एसिया क्षेत्रमा नेपालसहित ६ टोलीसँग खेल्नेछन् ।
८ टोली सहभागी प्रतियोगिताबाट शीर्ष दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । सम्भव त ८ टोलीलाई आइसिसीले दुई समूहमा विभाजन गर्दै सेमिफाइनल हुँदै फाइनल खेलाउनेछ । युरोप छनोटमा ७ टोली सिंगल राउन्ड रोविनमा खेलाएको छ । त्यसैले सिंगल राउन्ड रोविनमा पनि हुनसक्ने सम्भावना रहन्छ ।
नेपालले टि२० विश्वकप छनोटलाई ध्यानमा राख्दै विकेटकिपर विनोद भण्डारी, अलराउन्डर विवेक यादव र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई भारतका एकेडेमीमा अभ्यास गर्न यसै साता पठाउने तयारी समेत गरेको छ ।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।