1 year ago
July 25, 2023
एजेन्सी – वर्षा बाधक बनेपछि भारत र वेस्टइन्डिजबीचको दोस्रो टेस्ट खेल बराबरीमा सकिएको छ । योसँगै दुई टेस्ट खेलको सिरिज भारतले १–० ले जितेको छ । जितको लागि ३ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिज ७६–२ को अवस्थामा चौथो दिन खेल रोकिएको थियो ।
पाँचौं दिन वर्षाको कारण एक बल पनि हुन सकेन । त्यसअघि भारतले १८१–२ को अवस्थामा दोस्रो इनिङको समाप्ति गरेको थियो । भारतका युवा विकेटकिपर ईशान किशन ३४ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे । रोहित शर्मा ४४ बलमा ५ चौका र ३ छक्कासहित ५७, यशस्वी जैसवाल ३८ र शुभमन गिल २९ रनमा आउट भए ।
वेस्टइन्डिज पहिलो इनिङमा २ सय ७५ रनमा अल आउट भएको थियो । ओपनर तथा कप्तान क्रेग ब्रेथवेट ७५, तेजनारायण चन्द्रपाउल ३३, किर्क म्याककिन्जे ३२ र एलिक एथानाजले ३७ रन बनाए ।
भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले सर्वाधिक पाँच विकेट लिए । मुकेश कुमार र रविन्द्र जडेजाको नाममा समान दुई विकेट रह्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत दोस्रो दिन ४ सय ३८ रनमा अल आउट भएको थियो । भारतको जितमा विराट कोहलीले २ सय ६ बलमा ११ चौकासहित १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए ।
यशस्वी जैसवाल ७४ बलमा ९ चौका र १ छक्कासहित ५७ रनमा क्याच आउट भए । रोहित शर्मा १ सय ४३ बलमा ९ चौका र २ छक्कासहित ८० रनमा आउट हुन पुगेका थिए ।
स्पिन अलराउन्डर रविन्द्र जडेजा १ सय ५२ बलमा ५ चौकासहित ६१, रविचन्द्रन आश्विन ७८ बलमा ८ चौकासहित ५६, शुभमन गिल १० र अजिंक्या रहाणे ८ रनमा आउट भए । वेस्टइन्डिजका केमार रोच र जोमेल वारिकनले समान तीन विकेट लिएका थिए ।
पहिलो खेलमा भारत १ सय ४१ रनको इनिङ अन्तरले विजयी भएको थियो । भारत र वेस्टइन्डिजबीच अव तीन ओडिआई र पाँच टि२० आई खेलको सिरिज हुनेछ । पहिलो ओडिआई खेल २७ जुलाईमा हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]