default_image

1 year ago

July 23, 2023

इमर्जिङ कप फाइनल : भारतविरुद्ध पाकिस्तानको विष्फोटक ब्याटिङ

171 views

0 Bookmark

एजेन्सी – पाकिस्तान युवा टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ए विरुद्ध विष्फोटक ब्याटिङका साथ सानदार सुरुवात गरेको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले १४ ओभरमा कुनै विकेट नगुमाई ९२ रन बनाएको छ ।

कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले १५ ओभरमा कुनै विकेट १सय ३ रन बनाएको छ । पाकिस्तानको लागि दुई युवा खेलाडी सैम अयुब र शहिबजादा फराहनले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

अयुब ४२ बलमा ६ चौका र १ छक्कासहित ४६ रनमा क्रिजमा छन् । फहरान ४९ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा क्रिजमा छन् । यी दुबै खेलाडीले पाकिस्तानको सिनियर टोलीबाट खेलि स

पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारत र पाकिस्तान समूह बी मा थिए । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो ।

२ सय ६ रनको विजयी लक्ष्य भारतले ३६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा ओपनर साई सुदर्शनले १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुटको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.