default_image

1 year ago

July 23, 2023

क्रिस गेलको टोलीविरुद्ध खेल्दै दीपेन्द्र

303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडामा आज मिसिसौगा प्यान्थर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ८ ः ४५ मा क्यानडाको ब्राम्पटनमा सुरु हुनेछ ।

दीपेन्द्रले पहिलो खेलमा सर्रे जागुअर्सविरुद्ध २२ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएका थिए । पहिलो खेलमा राम्रो प्रदर्शन गरेको हुँदा दीपेन्द्रलाई टोलीले निरन्तरता दिने देखिन्छ ।

मिसिसौगा प्यान्थसमा वेस्टइन्डिजका आक्रामक ब्याटर क्रिस गेल, पाकिस्तानका आक्रामक युवा ब्याटर आजम खान, अनुभवी अलराउन्डर सोएब मलिक, न्युजिल्यान्डका स्टार अलराउन्डर जेम्स निसम र नेदरल्यान्ड्सका टम कुपर जस्ता खेलाडी छन् ।

दीपेन्द्रको टोलीमा कार्लोस ब्रेथवेट, आयन खान, अष्ट्रेलियाका क्रिस लिन, वेस्टइन्डिजका आन्द्रे रसेल र बंगलादेशका सकिब अल हसन जस्ता खेलाडी टोलीमा छन् ।

उता सन्दीप सम्मिलित सर्रेले आज मध्यराती १: १५ मा ब्राम्पटन वल्भ्ससँग खेल्नेछ । ब्राम्पटनमा विश्वकप छनोटमा सानदार प्रदर्शन गर्ने लोगन भान बिक, म्याक्स उडाउड, न्युजिल्यान्डका मार्क च्यापम्यान, कोलिन डि ग्रान्डहोम र भारतीय स्पिनर हरभजन सिंह जस्ता खेलाडी छन् ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुटको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.