1 year ago
July 23, 2023
एजेन्सी – मार्नस लाबुसेनको शतकमा विश्वको प्रतिष्ठित एशेज सिरिजको चौथो खेलमा साविक विजेता अष्ट्रेलिया इंग्ल्यान्डविरुद्ध हारबाट बच्ने झिनो आशा बढेको छ । चौथो दिनको खेल सकिदा अष्ट्रेलिया ७१ ओभरमा ५ विकेट गुमाउँदै २ सय १४ रन बनाएको छ ।
चौथो दिन वर्षाको कारण अन्तिम ससेन मात्रै हुन सक्यो । अष्ट्रेलिया अझै ६१ रनले पछि छ । अष्ट्रेलियाका मार्नस लाबुसेनले १ सय ७३ बलमा १० चौका र २ छक्कासहित १ सय ११ रनमा आउट भए ।
मिचेल मार्श ३१ र क्यामरन ग्रीन ३ रनमा क्रिजमा छन् । त्यसपछि विकेटकिपर एलेक्स केरी ब्याटिङ गर्न आउन बाँकी छ । ओपनर उस्मान खवाजा १८, डेविड वार्नर २८ र स्टिभ स्मिथ १७ रनमा आउट भए । इंग्ल्यान्डका मार्क वुडले सर्वाधिक तीन विकेट लिए ।
तेस्रो दिन इंग्ल्यान्ड पहिलो इनिङमा ५ सय ९२ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका ओपनर ज्याक क्रली १ सय ८२ बलमा २१ चौका र ३ छक्कासहित १ सय ८९ रनमा बोल्ड आउट भए । टेस्ट करिअरको यो उनको चौथो शतक हो ।
इंग्ल्यान्डको विष्फोटक शैलीलाई निरन्तरता दिँदै सानदार ब्याटिङ गरेका ज्याक क्रली दोहोरो शतक बनाउन चुकेका थिए । उनी क्यामरन ग्रनीको बलमा बोल्ड आउट भए ।
त्यस्तै जो रुट ९५ बलमा ८ चौका र १ छक्कासहित ८४, बेन डकेट १ र मोईन अली ५४ रनमा आउट भए । तेस्रो दिन जोनी बेयरस्टो ८१ बलमा १० चौका र ४ छक्कासहित ९९ रनमा नट आउट रहे । ह्यारी ब्रुक ६१ र बेन स्टोक्स ५१ रनमा आउट हुन पुगे ।
तेस्रो विकेटका लागि ज्याक क्रली र जो रुटले २ सय ६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । अष्ट्रेलियाका जोश हेजलवुडले सर्वाधिक पाँच विकेट लिए । मिचेल स्टार्क र क्यामरन ग्रीनले समान दुई विकेट लिए ।
त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ३ सय १७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मार्नस लाबुसेन र मिचेल मार्शले समान ५१ रन बनाए ।
ओपनर डेविड वार्नरर ३२, उस्मान खवाजा ३, स्टिभ स्मिथ ४१, ट्रविस हेड ४८, क्यामरन ग्रीन १६ र एलेक्स केरी २० रनमा आउट भए । मिचेल स्टार्क ९३ बलमा ६ चौकासहित ३६ रनमा अविजित रहे ।
इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक ५ विकेट लिए । स्टुअर्ट ब्रोडले दुई, जिमी एन्डरसन, मार्क वुड र मोईन अलीले समान एक विकेट लिए । पाँच टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि छ ।
अष्ट्रेलिया पहिलो र दोस्रो खेलमा २ विकेट र ४३ रनले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]