default_image

2 years ago

July 22, 2023

ज्ञानेन्द्रसहित चार खेलाडीलाई श्रीलंका पठाउने तयारी

361 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपको तयारीको लागि अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई श्रीलंका पठाउने तयारी गरेको छ । नेपालले इमर्जिङ कपमा नभएका चार खेलाडीलाई श्रीलंका पठाउने तयारी गरेको हो ।

दुई साता अघि नेपाली क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका गएको थियो । नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्ध ९ र पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको नेपाल समूह बी बाटै बाहिरिएको थियो ।

युएई एलाई नेपालले ३ विकेटले हराएको थियो । युएई ए विरुद्ध कुशल भुर्तेलले एक्लै ६ विकेट लिएका थिए । नेपाली टोली प्रतियोगिताबाट बाहिरिएपनि श्रीलंकामा नै बसेर एसिया कपको तयारी गरेको छ ।

इमर्जिङ कपमा तीव्र गतिका बलर करण केसी र सर्वाधिक अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ललाई विश्राम दिएको थियो । आरिफ शेख पारिवारिक कारण नाम फिर्ता लिएका थिए ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार क्यानले ज्ञानेन्द्र, करण, आरिफ र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई श्रीलंका विशेष प्रशिक्षणको लागि पठाउने तयारी गरेको छ ।

‘ज्ञानेन्द्र, आरिफ, करण र कमललाई श्रीलंका पठाउने कुरा भएको छ । नयाँ पासपोर्टको लागि बसेका छन् । सबैलाई एकैपटक पठाउने कुरा भएको छ । भोली सम्ममा को को जाने सबै थाहा हुन्छ’, पाठकले हाम्रो खेलकुदसँग भने ।

कमल नेपालको बन्द प्रशिक्षणमा नियमित रहेपनि अन्तिम टोलीमा मौका पाउन सकेका छैनन् । नेपालले एसिया कपको तयारी स्वरुप तीन साता श्रीलंकामा विशेष बन्द प्रशिक्षण गनेछ ।

जसक्रममा श्रीलंका क्रिकेट बोर्डको समन्वयमा चार अभ्यास खेल खेल्नेछ । नेपालले अभ्यास खेल स्थानीय टोली श्रीलंका डेभलपमेन्टसँग खेल्नेछ । स्तरिय खेलाडी पाउने क्यानले बताएकोछ ।

एसिया कप पाकिस्तान र श्रीलंकामा हुनेछ । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ । नेपालले र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.