default_image

1 year ago

July 22, 2023

दिपेन्द्रको मोन्टरिएलले सन्दीपको सर्रेलाई हरायो

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल टि२० क्यानडा अन्तर्गत पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई हराएको छ ।

दुवै सन्दिप र दीपेन्द्रले राम्रो प्रदर्शन गरेको खेलमा मोन्टरिएलले ५ विकेटको जित हासिल गरेको हो । पहिलो ब्याटिङको निम्तो पाएको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रनको योगफल खडा गरेको थियो ।

टोलीका लागि कप्तान इफ्तिकार अहमदले ४४ बलमा ४० रन जोडेका थिए । त्यस्तै ओमानका जतिन्दर सिंहले १५ बलमा २७ रनको योगदान दिए । सकिब अल हसनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै मध्यक्रम धराशायी पारेका थिए ।

जवाफमा मोन्टरिएलले १८.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो । दिपेन्द्रले २२ बलमा २ चौकासहित २८ रन जोडे । दिलप्रित सिंहले ३१ बलमा १ छक्कासहित २८ रन नै जोडे । उनी खेलको प्लेयर अफ द म्याच बने ।

त्यसअघि क्रिस लिनले १५ बलमा २२ रन र सकिब अल हसनले १३ बलमा २६ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । कार्लोस ब्रेथवेटले ६ बलमा २ छक्कासहित नटआउट १४ रन जोडे ।

सन्दीपले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सकिब अल हसन र दिपेन्द्रको विकेट हात पारेका थिए ।

दिपेन्द्र सम्मिलित मोन्टरिएलले भोली नेपाली समयअनुसार रातको ८:४५ बजे मिसिसौगा प्यान्थर्ससँग खेल्नेछ । सन्दिप सम्मिलित सर्रेले भोली मध्यरात १:१५ बजे ब्राम्पटन वल्भ्सको सामना गर्नेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.