default_image

1 year ago

July 21, 2023

ओडिआईमा नेपालका पाँच उच्च योगफल

221 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोली २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त बन्यो । आइसिसी विश्वकप लिग–२, एसिसी प्रिमियर कप र विश्वकप छनोटको कारण नेपाली क्रिकेट टोली ब्यस्त बनेको हो ।

यो वर्ष नेपालले ओडिआईमा सर्वाधिक उच्च योगफल बनाउने र पूरा गर्ने कीर्तिमान बनायो । नेपालले ओडिआईमा बनाएको सर्वाधिक पाँच उच्च योगफल मध्य चार टियु क्रिकेट मैदानमा छन् ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले गत फेब्रुअरीमा टियु क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको २ सय ८६ रनको विजयी लक्ष्य ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

त्यो नै नेपालले ओडिआईमा बनाएको उच्च योगफल हो । पाँच मध्य चार उच्च योगफल यसै वर्ष बनाएको छ । हालसम्म नेपालले ओडिआईमा बनाएको पाँच उच्च योगफल यस प्रकार छन् ।

५. पपुवा न्युगिनीविरुद्ध २ सय ८६ रन

नेपालले २०२२ मार्च २५ मा पपुवा न्युगिनीसँग दुई खेलको ओडिआई सिरिज खेलेको थियो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो ।

पपुवा न्युगिनीका कप्तान असाद भाला ६० र चाल्र्स अमिनीले ७७ रनको योगदान दिएका थिए । तल्लोक्रममा नर्मन भानुवाले २८ बलमा ४ चौका र ३ छक्कासहित ४७ रनको आक्रामक इनिङ खेलेका थिए । नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिएका थिए ।

जितको लागि २ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो । नेपालका रोहित पौडेलले १ सय २६ रनको सानदार शतकीय इनिङ खेलेपनि नेपाल हार्न पुगेको थियो ।

४.नामिबियाविरुद्ध २ सय ८७ रन

आइसिसी विश्वकप लिग–२ मा टियु क्रिकेट मैदानमा टस हारेको नामिबियाले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ८५ रन बनाएको थियो ।

नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित १ सय ३३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । नेपालका करण केसीले सर्वाधिक पाँच विकेट लिएका थिए ।

जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । कप्तान रोहित पौडेलले ७२ रन जोडेका थिए । जितको लागि तीन रन चाहिँदा सोमपाल कामीले चौका हान्दै खेल सकाएका थिए ।

३.जिम्बावेविरुद्ध २ सय ९० रन

नेपालले अघिल्लो महिना आइसिसी विश्वकप छनोटमा घरेलु टोली जिम्बावेविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको थियो । नेपालले हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो ।

नेपालका कुशल भुर्तेल ९९ र आसिफ शेखले ६६ रन बनाएका थिए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १ सय ७१ रनको शतकीय साझेदारी गरेपछि नेपालले बलियो योगफल बनाएको थियो । तर क्रेग इर्विन १ सय २१ र सन विलियम्सन१ सय २ रनको शतकीय इनिङ खेलेपछि नेपाल हार्न पुगेको थियो ।

२. पपुवा न्युगिनीविरुद्ध २ सय ९७ रन

आइसिसी विश्वकप लिग २ मा नेपालले २०२३ मार्चमा पपुवा न्युगिनीविरुद्ध २ सय ९७ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले १ सय १० र कुशल भुर्तेलले ४५ रनको योगदान दिएका थिए ।

पहिलो विकेटका लागि कुशल र आसिफले १ सय १० रनको शतकीय साझेदारी गरेका थिए । उक्त खेलमा नेपाल ५२ रनले विजयी भएको थियो ।

१. ओमानविरुद्ध ३ सय १० रन

गत अप्रिलमा टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । नेपालका कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

कुशलले ५९ बलमा शतक पूरा गर्दै नेपालबाट ओडिआईमा सर्वाधिक छिटो १ सय रन बनाउने कीर्तिमान समेत राखेका थिए । नेपालले ३.४ ओभरमा कुनै रन बनाउन नसक्दा दुबै ओपनर गुमाएको अवस्थाबाट सानदार पूनरागमन गरेको थियो । उक्त खेलमा नेपाल ८४ रनले विजयी भएको थियो । यो नै नेपालले ओडिआईमा बनाएको उच्च योगफल हो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.