default_image

1 year ago

July 21, 2023

एसिया कप खेल्ने नेपाल आठौं टोली

231 views

0 Bookmark

एजेन्सी – नेपाल एसिया कप खेल्ने आठौं टोली बन्ने भएको छ । एकदिवसीय एसिया कप २०२३ आगमी अगष्ट र सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुँदैछ । नेपालले गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।

एसिया कपमा डेब्यू गर्ने नेपाल आठौं टोली बन्ने भएको छ । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौं टोली बन्नेछ । एसोसिएट टोलीमा नेपाल हङकङ र युएईपछि तेस्रो टोली बन्नेछ ।

एसियन क्रिकेट काउन्सिल एसिसीले आफ्ना टोलीलाई विश्वकप अघि तयारीको लागि एसिया कप आयोजना गर्दछ । एसिया कप एकदिवसीय वा टि२० भने विश्वकपमा भरपर्ने गर्दछ । यस पटक आगमी अक्टोबर नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुँदैछ ।

त्यसैले एसिया कप पनि एकदिवसीय हुन लागेको हो । विश्वका पावर हाउससँग एक एसोसिएट टोलीलाई समेत खेल्ने अवसर दिन्छ । युएईले २००४, २००८ र २०१६ मा एसिया कप खेलेको थियो । हङकङले २००४, २००८, २०१८ र २०२२ मा एसिया कप खेलेको थियो ।

एसिया कपको उपाधि हालसम्म भारत, पाकिस्तान र श्रीलंकाले जितेका छन् । भारतले १९८४, १९८८, १९९०÷९१, १९९५, २०१०, २०१६ र २०१८ गरि ७ पटक एसिया कपको उपाधि जितेको छ ।

श्रीलंकाले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ को संस्करण गरि ६ पटक उपाधि जितेकोछ । पाकिस्तानले २००० र २०१२ मा उपाधि जितेको थियो । बंगलादेश २०१२, २०१६ र २०१८ को फाइनलमा पुगेर हार्न पुगेको थियो । अफगानिस्तानले सुपर फोरसम्म मात्रै स्थान बनाउन सकेको छ ।

नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४ ) मा हुनेछ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा ६ सेप्टेम्बर देखी १५ सम्म हुनेछन् । सुपर फोरको एक खेल मात्रै पाकिस्तानमा हुनेछ । अन्य सबै श्रीलंकामा हुनेछन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.